धादिङको नीलकण्ठ नगरपालिका–३, बिचबजार चोकमा कलात्मक ढुङ्गेधारा निर्माण गरी राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक राखिएको छ । उक्त धारा र सालिक नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले अनावरण गर्नुभयो । राष्ट्रिय विभू
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।
बागमती प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणका दृष्टिले सुस्त बनेको छ । प्रदेशका एकल र साझा अधिकारका अझै तीन दर्जनभन्दा बढी कानुन निर्माण गर्न बाँकी रहे पनि प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनबाट मूल विधेयक एउटा मात्र पारित भयो ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।
खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले दसैँतिहारलगायतका चाडपर्व लक्षित गरेर ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्व सुरक्षित बनाउन प्रहरीले प्रहरी उपरीक्षकको कमान्डमा जिल्ला कमान्ड पोस्ट, प्रहरी नायब उपरीक्षकको कमान्डमा जिल्ला रिजर्भ फोर्स, प्रहरी निरीक्षकको कमान्डमा स्ट्राइकिङ, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा क्युआरटी तयार गरिएको प्रहरीले जनाएको छ ।
मानसरोवर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नहुँदा डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन हुन सकेको छैन। तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अवस्थामा पुगेको छ। सिमकोट गाउँपालिका–६ को विद्यालयमा भर्ना खोले पनि विद्यार्थी नहुँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना हुन नसकेको हो।
मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध बनेको साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको जेसिबी प्रयोग गरेर पहिरो पन्छाइएपछि साँघु सडक खुलेको हो । बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण
जिल्ला सदरमुकामदेखि सात कोशको दुरीमा रहेको महावै गाउँपालिकामा सात वटा वडा छन् । सडक पहुँच स्थापित नभएको महाबै गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । शिक्षा र स्वास्थ्यका योजनालाई पनि प्राथमिकतासाथ गाउँपालिकाले विकास गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा निर्वाचित खेमबहादुर सिंहले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । प्रस्तुत छ, अध्यक्ष सिंहसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौतीका सन्दर्भमा कालीकोट समाचारदाता प्रेमराज सिम्खडाले गर्नुभएको कुराकानी :
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो ।
सुर्खेत बसपार्कमा दसैँ मान्न घर फर्किनेको भिड बढेको छ । घटस्थापनादेखि बसपार्कमा चहलपहल बढेको हो । शिक्षण संस्था बन्द भएकाले धेरैजसो विद्यार्थी यसअघि नै आफ्नो गाउँघर पुगिसकेका छन् । रोजगारीका लागि भारत गएका धमाधम गाउँ फर्किने क्रम बढेको छ ।
कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
यसअघिका वर्षमा पटक पटक नापी हुँदा पनि जग्गा पाउने आशा गुमाएका रुपन्देही कञ्चन गाउँपालिका–४, सन्डहवाका देवीप्रसाद पौडेललाई यस पटक भने जग्गाको पुर्जा पाउने आशा र विश्वास बढेको छ । २०२९ सालदेखि कञ्चन गाउँपालिकाको सन्डहवामा बसोबास गर्दै आउनुभएका पौडेललाई यस पटक जग्गा जोतभोग गरेको ५१ वर्षपछि पक्कै पुर्जा पाउने आशा पलाएको हो ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँके जिल्ला वैजनाथ गाउँपालिका–१, मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिका रहेका छन् । बाँकेले बहिरा अपाङ्ग बालबालिकाका लागि निःशुल्क रूपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।