• २२ वैशाख २०८१, शनिबार

तीन व्यक्तित्व सम्मानित

blog

काठमाडौँ,  असोज ३० गते ।  खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्णपदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो । वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहनुभएका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएको छ ।

 सांसद कृष्णगोपाल श्रेष्ठले उहाँहरूलाई सम्मान गर्नुहुँदै गामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । 

सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ भन्नुभयो । कार्यक्रम संयोजक सबिन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै जाने बताउनुभयो । रासस