११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना पत्रकार महिलालाई सम्मान गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कठायत चोकमा बुधबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ।
नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट बुधबार नेपाल आउनुभएको छ । नेपाल भलिबल संघले बेल्जियमका जानलाई हालै प्रशिक्षकमा नियुक्त गरेको थियो ।
आगामी चैत ४ गतेदेखि सुरु हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आठ टिम खेल्ने भएका छन्।
धरानमा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
महिला सधैँ पछाडि भन्ने समाजको एउटा बिम्ब हुँदैगर्दा पनि गण्डकी प्रदेशबाटै पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका –४ बरंजाकी नबिना बुढाथोकी रेफ्री बन्न सफल हुनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘नो हर्न’ घोषणाको तयारी गरिएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाइ अभियानको १०० औँ दिन पूरा भएसँगै आगामी १ गते मूल समारोह गरेरै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिन लागिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।