युवा भन्नेबित्तिकै ऊर्जाशील जनशक्तिका रूपमा बुझिन्छ। युवालाई राष्ट्रिय विकासको जिम्मेवारी बहन गर्ने, उन्नति, प्रगति अनि विश्वसनीयता आर्जन र सिर्जना गर्ने वर्ग मानिन्छ। युवा नवीन रचनालाई जन्म दिन सक्छन्। विश्वमै युगीन परिवर्तनको विगुल फुक्न सक्छन्। युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगिरथ तपस्या गर्न सक्छ। विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधारस्तम्भ बन्न सक्छन्।
गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन सुनिँदै र देखिँदै आएको हो तर मकवानपुरको थाहा नगरपालिकामा अहिले व्यावसायिक रूपमै पाहापालन सुरु गरिएको छ । मकवानपुरमा फरक र नवीन व्यवसाय गर्ने गरी थाहा नगरपालिका–४ का जितबहादुर थोकरले व्यावसायिक रूपमा पाहा फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
दोलखाको कालिञ्चोकका किसानलाई जुम्लाको स्याउका बिरुवा वितरण गरिएको छ । कालिञ्चोक गाउँपालिका–१ का किसानको नगदे बालीमार्फत आयआर्जन वृद्धि गराउने उद्देश्यले दुईवटा क्षेत्रका लागि जुम्लाको स्याउका छ सयवटा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले वडा नं. १ को तारेभीर र माथिल्लो खर्कमा रेड डेलिसस जातको सम्भावना देखिएकाले उक्त जातको स्याउ खेती सुरु गर्न लागेको हो । नमुनाका रूपमा लगाउन लागिएको स्याउ खेती सम्भावना र उत्पादनका आधारमा क्रमशः सबै क्षेत्रमा विस्तार गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले बताउनुभयो ।
सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिपोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।
काठमाडौँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाहको सञ्चालन निजी क्षेत्रलाई दिइने भएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने व्यवस्था भएकाले व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको हो ।
मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।
सार्वजनिक खरिद ऐनको ११औँ र १२औँ संशोधनले पूर्वाधार निर्माणका क्रममा म्याद थपलाई सहयोग गरेपछि त्यसको लाभ ठेकेदारले लिने गरेका छन् । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन सरकारले ६६ वटा बहुवर्षीय सडक निर्माणको सम्झौता गरेको थियो ।
बागमती प्रदेश सरकार र सङ्घीय सरकारले बागमती प्रदेशमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सहलगानीका योजनालाई तीव्रता दिएका छन्। बागमती प्रदेशका विभिन्न जिल्लामा प्रदेश र सङ्घ सरकारको सहलगानीमा आधा दर्जन सडक योजना गत आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएका छन्।
कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको छ । बजेट र सरकारी नियमन अभावले प्लान्ट झन्डै एक वर्ष देखि शून्य गतिविधि गर्दै आएको हो ।
सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।
भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ। रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।
बैङ्क तथा वित्तीय संस्थाविरुद्ध कानुनविपरीत हुने जुनसुकै गतिविधि र त्यसमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने भन्दै बैङ्क तथा वित्तीय संस्थाविरुद्ध योजनाबद्ध रूपमा अभियान सुरु गरेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले त्यस्ता गतिविधिले आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
वर्षायाममा मुहान र हिउँदमा पाइपको चुहावट टाल्नु मेलम्ची खानेपानी आयोजनाको नियमित कार्य भएको छ। पानी वितरण सुरु भएयता पटक–पटक पाइप चुहिएर राजधानीको विभिन्न ठाउँ जलमग्न हुँदै आएको छ भने मेलम्चीको सुरुङ पनि चुहिन थालेको छ। पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा र नयाँ पाइपलाइनको परीक्षण गर्नुपर्दा पाइप चुहिने समस्या देखिएको आयोजनाको भनाइ छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले आयोजनाबाट पानी वितरण कार्य नै प्रारम्भिक चरणमा रहेको हुनाले यस्तो समस्या देखिए पनि बिस्तारै यस प्रकारका समस्या समाधान हुँदै जाने बताउनुभयो। उहाँले जथाभाबी सडक तथा ढल निर्माण र नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पाइपलाइन फुटेर पानी चुहिने समस्या देखिएको बताउनुभयो। पुरानो पाइपलाइन चुहावट स्वाभाविक रहेको आयोजनाको भनाइ छ। आयोजनाअनुसार उपत्यकामा एक सय वर्षभन्दा पुरानो खानेपानीको पाइपलाइनको सञ्जाल रहेको छ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ। खुम्बु पासाङल्हमु गाउँपालिका र साथसाथै संस्थाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाले धेरै समस्या भोगेको देखेको बताउनुभयो।