पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका र गत साउनमा बाढीले क्षति पुर्याएको कागबेनी क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो ।
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नुभएको छ । लिगलिग कोट विकास अभियानको आयोजनामा बुधवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।
खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ । विभागले सूचना जारी गर्दै तीन महिना भित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९।८० मा म्याद सकिएको तीन महिना भित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।
महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स (युएई) र हङकङबीच थ्री नेसन्स शृङ्खलामा आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।
बर्दीबास नगरपालिकाको वडा नं. ३ र ४ जोड्ने हात्तीमारा खोलामा पक्की पुल निर्माण हुने भएको छ । बर्दीबासलाई दुर्गम भेग जोड्ने ग्रामीण सडक अन्तर्गत हात्तीमारा पुलको नगर प्रमुख प्रह्लाद क्षेत्री, वडाध्यक्षहरू विराट विष्ट र विजयकुमार महतोले मङ्गलबार वैदिक रीतिपूर्वक शिलान्यास गर्नुभएको हो । बर्दीबास नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुने ३५ मिटर लम्बाइ र छ मिटर चौडाइको यो पुलमा चार वटा
चौदण्डीगढी नगरपालिका–९ स्थित त्रियुगा नदीमा अस्थायी पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा स्थायी पक्की पुलको आवश्यकता भए पनि बजेट अभावमा करिब चार लाख रुपियाँको लागतमा सम्पन्न हुने गरी चौदण्डीगढी नगरपालिकाले अस्थायी पुल निर्माणको काम सुरु गरेको हो ।