• १४ मंसिर २०८१, शुक्रबार

खनिज उत्खनन र खोजतलासका अनुमति पत्र नवीकरण गरिँदै

blog

काठमाडौँ, कात्तिक १ गते । खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ । विभागले सूचना जारी गर्दै तीन महिनाभित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९।८० मा म्याद सकिएको तीन महिनाभित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ । 

विभागद्वारा खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०५६ अन्तर्गत खनिज उत्खनन र खोजतलास अनुमति पत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्था अनुसार नवीकरण गर्न लागिएको जनाएको छ ।