दशकौँदेखि हाम्रो मूल ध्येय विकास भए पनि यो प्रभावकारी र परिणाममुखी हुन नसक्नुमा एक मुख्य कारण कर्मचारीतन्त्रको सही व्यवस्थापन र परिचालन हुन नसक्नु रहेको छ । विकास एक बहुआयामिक र जटिल प्रक्रिया हो । यसको प्रभावकारिता पनि धेरै तìवमा निर्भर रहेको हुन्छ । त्यसमध्ये एक प्रमुख तत्व कर्मचारीतन्त्र हो । त्यसैले परम्परागत सार्वजनिक प्रशासनले विकास बुझ्न र हाँक्न नसक्ने हुनाले परम्परागत कर्मचारीतन्त्रको ठाउँमा विकासको प्रभावकारी व्यवस्थापनका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गर्नुभएको छ । मुस्ताङ पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीयबासीहरुसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
दसैँ मिठो खाने, राम्रो लगाउने चाडका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैँ मासुसँग जोडिएको चाड पनि हो । वर्षभरिको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैँँ तिहार र छठले ओगट्छ भन्ने अनुमान गरिएको छ । पाँच वर्षपहिलेको तथ्याङ्कमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत भन्नाले १२ खर्ब रुपियाँ जस्मा नगदविहीन २५ प्रतिशत अर्थात् तीन खर्ब हाराहारी यिनै चाडपर्वमा खर्च हुने अनुमान गरिन्छ । असोज–कात्तिक महिना वातावरणीय हिसाबले
समावेशीकरणको दिशामा एउटा फडरको: गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
१. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? विसं २०८० असोज ३० – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको ।
सामाजिक समावेशीकरण, समस्या र उपाय १. सामाजिक समावेशीकरण भनेको के हो ? नेपालमा सामाजिक समावेशीकरण सुनिश्चित गर्न देखिएका समस्या पहिचान गरी समाधानका उपायहरू उल्लेख गर्नुहोस् । उपलब्ध स्रोतसाधन, अवसर र अधिकारमाथि समाजका सबै वर्ग, क्षेत्र वा समुदायका मानिसको समान पहुँच र नियन्त्रण सुनिश्चित गराउने प्रक्रिया नै सामाजिक समावेशीकरण हो । बहिष्क
देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
घटस्थापना सुरुसँगै पूर्वी नेपालका शक्तिपीठ तथा देवी मन्दिरमा भएको रौनकता छाएको छ । नवरात्रको अवधिमा कोशी प्रदेशका विभिन्न स्थानमा रहेका प्रसिद्ध तथा ऐतिहासिक शक्तिपीठमा भक्तजनको विशेष घुइँचो लाग्छ । शक्तिपीठको घटस्थापनाको दिन जमरा राखेर पूजापाठ गर्नुका साथै नवरात्रको अवधिभर बलिसहित पूजाआजा गरिन्छ ।
जाजरकोटको भेरी नगरपालिका–१ पिपे स्थित खेतमा पाक्न लागेको धानबाली ।
रेडियोकर्मी विजन दवाडीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० बाट उहाँलाई सम्मानित गरिएको हो ।
जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने प्रसूति सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमनागरिकलाई दुःख परेका बेलामा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी भएकाले यस सङ्गठको विशेष महत्व रहेको बताउनुभएको छ । आमनागरिकका हरेक सरोकार र समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको हो ।
नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्गका समस्या समाधान गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसको बोर्डको ५६ औँ बैठकले सङ्खुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्ग छ्याङकुटी–दिदिङ (२४ किमी) सडकखण्डको समस्या समाधान गर्न उक्त निर्णय गरेको हो । सो सडकखण्डको मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प छ ।