नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ ।
गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आउनुभएको छ । गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ ।
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको हो ।
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।
वालिङका दुई साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) का दुई कृति बजारमा आएका छन् ।
वर्षमा एक पटक आउने दसैँका लागि सबै नागरिक सकेसम्म घर आउने गर्छन् । रोजगारी, मजदुरी वा पढाइका लागि घर बाहिर गएकाहरू दसैँ मनाउन घर जाँदा खाल्डाखुल्डी सडकका कारण निकै सास्ती भोग्नुपरेको बताएका छन् ।
मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।
बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा अल्झिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत गरेको छैन ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।