त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो ।
सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्याउन भ्याई नभ्याई छ ।
अघिल्ला वर्षहरूमा दसैँ आउन एक महिना अघिदेखि नै बजार तथा पसलहरूमा धेरै नै चहलपहल हुन्थ्यो । दसैँमा नयाँ कपडाको जोहो, नयाँ सामग्री खरिद, घर रङ्ग्याउन सामग्री तथा गरगहना किन्नेको बजार पसलमा भिडभाड हुने गथ्र्याे । यो वर्ष भने दसैँ भित्रिसक्दासमेत बजारका पसल सुनसान छन् ।
कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी वर्ष आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला जिल्लामा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । भएका पूर्वाधारलाई मर्मतसम्भारसहित नयाँ पूर्वाधारको विकास गर्न लागिएको हो । कुन जिल्लामा के के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा अध्ययन गरिएको थियो । दैलेख र रुकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिने कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कभर्ड हल मर्मतका लागि लागत अनुमान तयार भएको छ । रुकुमपश्चिममा कभर्ड
स्थानीय कैनी समुदायका महिला, पुरुष दसैँखर्च जुटाउन निगालोबाट बनाइएका सामग्री बेच्न बजार हिँड्न थालेका छन् । अमरगढी नगरपालिका–७, तिलाडी गाउँका कैनी समुदायको परम्परागत पेसा निगालो तथा बाँसका सामग्री बनाउने हो । यस समुदायका महिला, पुरुष वर्षमा दुई पटक ठुलो मात्रामा निगालो र बाँसका सामग्री बनाई बेच्नका लागि जिल्लाको विभिन्न गाउँबस्तीमा पुग्ने गरेका छन् । दसैँअगाडि र नयाँ वर्ष (बिसु) पर्वमा यस समुदायका स्थानीय विभिन्न गाउँ गाउँ पुग्ने गरेका छन् । पहिला तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरका विभिन्न गाउँ पुग्नेहरू हाल भने डोटी जिल्लाका गाउँ डुल्दै निगालो र बाँसका सामग्री बेच्ने गरेको स्थानीय लक्ष्मण कैनीले बताउनुभयो ।
पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।
दसैँतिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ । यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।
सार्वजनिक यातायातका साधनमा नयाँ भाडा दर लागु भए पनि बाजुराका सवारीचालकले भने पुरानै भाडादर उठाउने धन्दा यथावत् राखेको स्थानीयले गुनासो गरेका छन् । असोजमा जिल्ला प्रशासन कार्यालय सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो । चालकले मनोमानी भाडा लिने गरेको गुनासो स्थानीय बाजुरावासीको छ। खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय धन रावतले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकिए पनि पुरानै भाडा लिने गरेको बताउनुभयो ।
गुल्मीमा डोजर (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय ९२ कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार राति आएको ठुलो हावाहुरीसहितको पानीले रुपन्देहीको धानबालीमा ठुलो क्षति गरेको छ । किसानले काट्न तयारी गरिरहेको अवस्थामा आएको हावाहुरीसहितको पानीले अधिकांश खेतको धान सुताएको छ । धान पानीले भिजेका कारण उत्पादनमा समेत ठुलो असर पु¥याउने अवस्था देखिएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धान बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिलकानु बानियाँले किसानको क्षति भएको धानको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा नहुँदै म्याद सकिएको छ । चार लेन सडक निर्माण लामो समयसम्म अलपत्र परेको थियो । २०८० असोज मसान्तसम्म सडक मर्मत गरिसक्ने गरी गएको असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ ।
पर्वत जिल्लाको पवित्र कालीगण्डकी नदीको काखमा अवस्थित फलेवास नगरपालिकालाई भौगोलिक विविधताले भरिएको रमणीय क्षेत्र मानिन्छ । फलेवास कृषि उत्पादनका दृष्टिले पर्वत जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । यो पालिका राजनीतिक विभाजन अनुसार पर्वत जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्छ । यहाँ साना उद्योग, वन पैदावारको राम्रो सम्भावना छ । प्राकृतिक सौन्दर्यले पर्यट
गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र भन्सार नाकालाई तत्कालीन सरकारले ‘क’ श्रेणीको भन्सार घोषणा गरेको थियो । विकासका पूर्वाधार निर्माण गरी नाका चाँडै विस्तार गर्ने भनिए पनि अहिलेसम्म यो नाका नाम मात्रको भन्सार कार्यालय भएको छ । गण्डकी प्रदेशको एक मात्र पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको पाँच वर्ष बित्यो तर त्यो कागजमा मात्रै सीमिति भयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो ।
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।