रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।
दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका विभिन्न कामका लागि फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपैडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ ।
सपालिको दशहारा (दसैं) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन ।
कर्णाली कोरिडोरको सलीसल्लामा बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएका २० वर्षीया सुरेश चौधरीको निधन भएको छ ।
कानुनले अपराध गर्न भनेका छैन तर आर्थिक लेनदेन, धार्मिक, राजनैतिक, अशिक्षा, न्यून सचेतना, वैदेशिक रोजगार आदिको कारण समाजलाई अपराधतिर उन्मुख गराइरहेकोप्रति हरेक नागरिक सचेत हुनैपर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।
कास्कीका ५३ हजार दुई सय २८ परिवारले १९ हजार एक सय ६४ हेक्टर जग्गामा खेतीपाती गर्ने गरेका छन् । तीमध्ये ३९ प्रतिशतलाई मात्र कृषिबाट भएको आम्दानीले खान पुग्छ ।
नेपालीको महानचाड बडादसैँको आज पाँचै दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ ।
नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ ।
दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो ।
सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुख्र्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्खौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ ।