गायिका रेश्मा सुनुवारले करिब एक वर्षपछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गर्नुभएको छ । मनोरमा सुनुवार र रवि मल्लको शब्द, कल्याण सिंहको सङ्गीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । म्युजिक कम्पनी राइट ट्युन इन्टरटेनमेन्टको निर्माण गरेको गीतको भिडियोमा विकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा विशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पु¥याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । गृह श्रमिक दिवसका अवसरमा होमनेट साउथ एसियाद्वारा बिहीबार राजधानीमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तीकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो ।
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि हालसम्म लगभग चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएको तर यसको निरन्तरतामा चुनौती देखिएको बताइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ सम्मेलनमा ‘वैदेशिक रोजगारी र सामाजिक सुरक्षा’ विषयक छलफलमा सो कुरा बताइएको हो ।
इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली गरेर ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई अवैध रूपमा ल्याउँदै गरेको चिनीसहित पक्राउ गरेको हो ।
हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ ।
ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका उच्च तहदेखि जवानसम्मका नौजना प्रहरीलाई पुरस्कृत तथा कदरपत्र प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेकाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उहाँहरुलाई पुरस्कृत र कदरपत्र प्रदान गर्नुभएको हो ।
दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउनेहरुसँग सजग रहनुपर्ने बताउनुभएको छ ।
चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरुको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज सम्मान गरेको हो ।
दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।
काठमाडौंको दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।
ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पुर्याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।