ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका उच्च तहदेखि जवानसम्मका नौजना प्रहरीलाई पुरस्कृत तथा कदरपत्र प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेकाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उहाँहरुलाई पुरस्कृत र कदरपत्र प्रदान गर्नुभएको हो ।
दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउनेहरुसँग सजग रहनुपर्ने बताउनुभएको छ ।
चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरुको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज सम्मान गरेको हो ।
दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।
काठमाडौंको दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।
ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पुर्याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले काङ्ग्रेसको केन्द्रीय नेतृत्वको अकर्मण्यताका कारण कोशी प्रदेशमा ८ जना सांसदले बिद्रोह गरेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता-जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताउनुभएको छ ।
नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौलामा समस्या भएका बिरामी र नर्सहरूलाई लक्षित गरी निःशुल्क परामर्श तालिम दिने भएको छ ।
सद्भाव समिति बाँकेले नजिकिदै गरेका आ–आफ्ना समुदायका चाडपर्वहरु ढुक्क भएर मनाउन अपिल गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसहित बसेको सद्भाव समितिको बैठकले बाँकेबासीलाई निश्चिन्त र ढुक्क भएर आ–आफ्नो समुदायको नजिकिदै गरेका सामाजिक–सांस्कृतिक पर्व, उत्सव, जात्रा तथा महोत्सवमा सहभागी भइ भव्यसाथ मनाउन सामुहिक अपिल गरिएको प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।