भारत र चीनसँग सीमा जोडिएका कोशी प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिहरूले सीमावर्ती क्षेत्रबाट हुने आपराधिक, अराजक तथा अवैध गतिविधि नियन्त्रणका लागि सीमा सुरक्षामा परिचालित सुरक्षा निकायलाई आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपिया भुक्तानी हुने भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको वसुन्धरास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गर्नुभएको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मृगौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।
हिमाली जिल्ला हुम्लाका गाउँमा सुन पसलहरु सञ्चालनमा आएका छन् । सङ्घीयता कार्यान्वयन आएसँगै आर्थिक कारोवार गाउँमा हुन थालेपछि सुन ब्यापारीहरु सुन पसल स्थापना गर्दै ब्यापर गर्न थालेका हुन् ।
बडादशैंका अवसर पारेर बर्दिबास नगरपालिका –३ गौरीडाँडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ‘स्वस्थ जीवन सुरक्षित चाडपर्व’ को संदेशसहित बुधवार आयोजित निःशुल्क शिविरमा सयजना बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो ।
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । सहर गएकाहरू गाउँ फर्किरहेका छन् । पसलमा यतिखेर सामान किन्नेको भिड छ । यता गाउँमा युवाहरुको सक्रियतामा लिङ्गे पिङ निर्माणको काम भइरहेको छ ।
जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने छ ।
साधन घर्ती म्याग्दी (दरबाङ), कात्तिक २ गते । म्याग्दीको मालिका गाउँपालिका–४, महभिर गाउँमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । स्थानीयको भाषामा झोटा पारेर भण्डारण गर्दा छिटो सुक्ने र मकैको दानामा किरा नलाग्ने भनाइ छ । जिल्लाका अधिकांश गाउँघरमा यसरी नै मकै भण्डारण गर्ने वर्षौदेखिको चलन छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ब्यावसायिक कृषि र पशुपालनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ ।