• १३ साउन २०८१, आइतबार

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

blog

बालकुमारीस्थित जनता समाजवादी पार्टी (जसपा) को नेपालको पार्टी कार्यालय । फाइल तस्बिर

काठमाडौं, फागुन २७ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज (शनिबार) कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो ।

बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।