पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।
घर परिवारका समस्या टार्न विदेसिनुभएका मोरङको पथरीशनिश्चरे– ३ का शुक्रराज तामाङ १४ वर्षदेखि साउदी अरबमा बेपत्ता हुनुहुन्छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभीर डाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।
सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।
शान्तिपुर गाउँमा एउटा गरिब किसानको परिवारमा आमाबुवा र दुईवटा छोरा माने र साने बस्ने गर्थे । धेरै गरिब परिवार भएकाले आफ्नो छोराहरूको शिक्षादीक्षाको लागि आमाबुवा अप्ठ्यारो बाटो भीरपाखा र डरलाग्दा पहाडहरू पार गरेर सहरबाट नुन बोकेर आफ्नो गाउँमा व्यापार गर्थे । त्यसै क्रममा भीरबाट खसेर एक दिन आमाबुवाको मृत्यु भयो । र सहाराविहीन भए । त्यसपछि आफ्नो पालनकर्ता नभएकाले दुवै भाइहरू गाउँ नै छोडेर सहरतिरै लागेछन् । मानेले आफूले ज्यालादारी गरेर भए पनि भाइलाई पढाउने प्रतिज्ञा गरेछ ।
धोबिनी नानीले आफ्ना साना दुई सन्तानलाई सँगै राखेर स्वस्थानी पढ्न सुरु गरी । स्वस्थानीको पुस्तक पूजा गरी, पुष्पाञ्जलि पनि लिई उसले जे जाने कि छ तेही गरी श्रद्धापूर्वक ढोगी । स्वस्थानी पढ्दै गई । सानी बच्चीले पनि आमाले पढेको सुनिरही । अनि बच्चीले आमालाई सोधी– आमा आमा ! नवराज खोलामा नुहाएर स्वस्थानी माताको प्रसाद लगाउँदा राजा हुने अवसर पाएका रहेछन् ।
बर्दिबास नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गर्ने बर्दिबास मधेस प्रदेशकै पहिलो स्थानीय तह भएको जनाइएको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
साथीहरू तपाईंहरूले मोबाइल त पक्कै पनि चलाउनुभएको छ होला । के तपाईंहरूले मोबाइलबाट फोटो खिच्नु भएको छ ? यदि छैन भने फोटो खिच्नु होला । तपाईंहरू थुप्रै ठाउँ भ्रमण गरिसक्नु भयो होला । तपाईंहरूले भ्रमण गरेको ठाउँहरूको दृश्यको फोटो खिच्नुभयो ? म धान्द्रुक गाउँमा भ्रमण गर्न गएको थिएँ । आहा त्यो गाउँ त अति नै सुन्दर रहेछ ।
भारत जलन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गर्नुभएको छ ।
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखोलिएपछि स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन प्रभावित भएको छ। विद्यार्थी मतदाताको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनका बेला कतिपय प्राध्यापक तथा कर्मचारीले निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोप विभिन्न विद्यार्थी सङ्गठनको छ।