• ३० वैशाख २०८२, मङ्गलबार

बागमतीमा मुख्यमन्त्रीको जिम्मेवारी लामालाई

blog

अनिल पराजुली

हेटौँडा, कात्तिक ३ गते । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा मन्त्री लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । मुख्यमन्त्री सालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जानुहुने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको उल्लेख छ । 

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।