नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थाल्नुभएको छ ।
रामेछाप जिल्लाको महत्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे सडक कालोपत्रे गर्न थालिएको छ । लिखुतामाकोशी गाउँपालिकाको गौरवको आयोजना यो सडक ट्र्याक खोलिएको २५ वर्षभन्दा बढी समय बिते पनि सडक विस्तार तथा कालोपत्रे गर्न सरोकारवाला निकायको ध्यान जान सकेको थिएन । लामो समयसम्म मर्मतसम्भारको अभावमा जीर्ण बनेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता थियो ।
यतिबेला रुपन्देहीका गाउँ गाउँमा दुर्गा पूजाको रौनकले दसैँ आएको छनक दिएको छ । जिल्लाको दूरदराजका गाउँबस्तीसम्मै बिहान र साँझमा दुर्गा देवीका भजन गुन्जिएका छन् । तराईमा यो वर्ष दुर्गा पूजाको रौनक गत वर्षभन्दा धेरै बढेको छ । थारू कल्याणकारी सभा रुपन्देहीका सदस्य सूर्यनारायण चौधरीले तराईका आदिवासी थारू समुदाय र मधेशी समुदायको बसोबास रहेको गाउँमा दुर्गा पूजाको रौनक बढेको बताउनुभयो । तराईका गाउँमा घटस्थापनाको दिन दुर्गा स्थापना गरेर दसैँको १० दिनसम्म दुर्गा पूजा गर्ने परम्परा वर्षाैंदेखि चलिआएको परम्परा हो । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्ति स्थापना गरी पूजा गर्ने मान्यता तराईमा छ ।
चाडपर्वका अवसरमा सञ्चालन भएका सुपथ मूल्यका पसलमा भिडभाड हुनुपर्ने भए पनि यो वर्ष सुनसान जस्तै भएका छन् । सरकारले दसैँतिहार र छठलाई लक्षित गरी सञ्चालन गरेका सुपथ मूल्यका पसलमा नुन र चामल मात्रै हुँदा यो वर्ष सुपथ मूल्यको पसल सुनसान भएका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–६, तल्लो साँजा, माथिल्लो साँजा, सादीभन्ज्याङ, चनौटे बासिन्माका बिरामीलाई अझै झोलुङ्गोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी मात्र होइन औषधी नहुँदा र ग्रामीण सडकको स्तरोन्नति हुन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ । गर्भवती तथा अन्य बिरामीलाई स्ट्रेचरमा राखेर व्यास नगरपालिका–८ को सत्र सयस्थित व्यास मार्गमा पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । पालिकालाई पटक पटक सडकका लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्याइएकाले सडकमा मोटर गुड्न सकेका छैनन् ।
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिम–उत्तरमा रहेको सखुवा प्रसौनी गाउँपालिकामा साबिकका गाविसहरू सखुवा, प्रसौनी, देउरबाना, महुवन, लखनपुर मधुवन मथौल र कौवावन कटैया गरी छ वटा वडा छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित यशवन्त यादवले पालिकाको विकास र निर्माणका योजनालाई प्रमुख प्राथमि
अरुण तेस्रोको विद्युत्गृह प्रवेश मार्गका मुआब्जापीडितले सडकमै दसैँ मनाएका छन् । मुआब्जा रकम माग गर्दै सडक आन्दोलन सुरु गरेको ४७ औँ दिन सडकको प्रवेशद्वार छ्याङ्कुटीमा उनीहरूले सामूहिक दसैँ मनाएका हुन् । सरकारले निर्धारण गरेको रकम नपाएपछि गत भदौ १६ देखि स्थानीयवासीले प्रवेश मार्ग बन्द गरेका हुन् । दसैँ भित्रिसक्दासम्म पनि मुआब्जा रकम सरकारले नदिएपछि सामूहिक रूपमा सडकमै दसैँ मनाइएको हो । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण
मुख्यमन्त्री राजकुमार शर्मासमक्ष कर्णाली प्रदेशका बालबालिकाले विद्यालयमा आफूले भोगेका समस्या प्रस्तुत गरेका छन् । बालबालिकाले विद्यालयको भौतिक अवस्था जीर्ण भएको, पाठ्यपुस्तकको अभाव रहेको, ६ कक्षाभन्दा माथिका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था, महिनावारी हुँदा छुट्टै कोठाको अभाव, अपाङ्गतामैत्री भवन नभएको, पुस्तकालय तथा प्रयोगशाला नभएको समस्या चिठीमा प्रस्तुत गरेका थिए ।
ठुला चाडबाड सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको वीरेन्द्रनगरका व्यापारी धर्मदेव भट्टराईले बताउनुभयो । “चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ,” उहाँले भन्नुभयो तर गत वर्षको तुलनामा व्यापार घटेको उहाँको भनाइ छ । ५० प्रतिशतले व्यापार घटेको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, जनकपुरका ७५ वर्षीय हरिकृष्ण न्यौपाने शव कहिले आउँछ भन्दै बारम्बार सोधिरहनुहुन्छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी उहाँका छोरा नारायणको मृत्यु भएको दुई हप्ता बितिसकेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कोटैकोटको जिल्लामा चिनिने स्याङ्जा जिल्लाको प्रसिद्ध तथा सबै भन्दा पुरानो कोट मध्येको एक कोट सतौँ (चण्डी स्थान) कोट हो । स्याङ्जामा आलमदेवी, गहौकोट जस्ता शक्ति पीठ रहेको पनि सतौकोट सबैभन्दा पुरानो हो ।
केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गेपिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।