नेपालीहरुको महान चाड दसैंमा समेत सरकारले उखुको अनुदान उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले शुक्रबार हरिवनमा प्रदर्शन गरेका छन् ।
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले प्रकृति संरक्षण र वन्यजन्तु संरक्षणलाई अझ प्रभावकारी बनाउन तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।
नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको हो । यो नाका भई नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक कम रहेको छ ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ ।
दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठमा नवरात्र सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुनेभएको छ ।
इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ ।
विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ ।
गण्डकी प्रदेशअन्तर्गत अस्पतालको न्यूनतम सेवा मापदण्डका आधारमा पर्वत अस्पताल प्राइमरी अस्पतालमध्ये उत्कृष्ट बनेको छ ।