नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रम राख्नुभएको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
दाङमा दसैंको अवसरमा एक करोड १६ लाख बढीको खसी तथा बोका बिक्री भएका छन् । जिल्लाका तीनवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंका लागि एक करोड बढीको खसी बोका बिक्री गरेका हुन् ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउनु परेमा त्यसको जिम्मेवारी सरकारले लिने बताउनुभयो ।
प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते हुनुभएको छ ।
नेपालका दुई सुटिङ खेलाडीले १५ औँ एसियाली सुटिङ च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् ।
नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङ फाँटमा झुलेको धानको बाला । यहाँ किसानले गौरिया र गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका छन् ।
तीन दशकअघि पोखराबाट उदाएको कन्दरा ब्यान्डले हालै नयाँ सदस्य थपेको छ । कुनै बेला नेपाली संगीतमा चर्चित ब्यान्डले अहिले पुनरागमनको तयारी गरेको हो ।
गाउँघरमा युवाशक्तिभन्दा बूढापाका मात्र हुन थालेपछि दसैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङ्गसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङ्गबाट पाउने गरिन्थ्यो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रिकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताउनुभएको छ ।
वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ ।