• १५ मंसिर २०८१, शनिबार

बिरामी पर्यटकको उद्धार

blog

किमाथाङ्का (सङ्खुवासभा), कात्तिक ३ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

भोटखोला-२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

डानियल एक दिनअघि भोटखोलाको थुदाम पुग्नुभएको थियो । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आउनुभएका उहाँका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । रासस