• १२ साउन २०८१, शनिबार

धानको बाला झुल्यो फाँटैमा (फोटो फिचर)

blog

म्याग्दीको मङ्गला गाउँपालिका–५,स्थित छिस्बाङका फाँटमा झुलेको धान । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), कात्तिक ३ गते ।
म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङ फाँटमा झुलेको धानको बाला । यहाँ किसानले गौरिया र गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका छन् । म्याग्दीका अधिकांश क्षेत्रमा धान पाक्न थालेको छ । छिस्बाङ फाँटमा पाक्न थालेको धानबाली मनमोहक देखिएको छ ।

म्याग्दीमा तीन हजार आठ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । गौरीया, गुडुरा जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे–३, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ ।