लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।
चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरूले ध्यान दिन सुझाव दिएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।
गाजा सहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ ।
त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीम फेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
एक वर्षको समय अवधिमा लोक सेवाबाट लिइएका १० वटा परीक्षा उत्तीर्ण गर्नुभएका गुल्मीका रमेश भण्डारी आफू असल राष्ट्रसेवक बन्ने बताउनु भएको छ ।
भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनः स्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।
नेपालीको मौलिक पर्व विजयादशमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित नेता तथा कलाकारलाई थातथलोमा डो¥याएर ल्याएको छ । नेपाली कांग्रेसका नेता एवं मुख्य सचेत रमेश लेखक परिवारका सदस्यसहित जन्मथलो बैतडी पुग्नुभएको छ । बैतडीदेखि बलिउडसम्म पुग्नुभएकी चर्चित अभिनेतृ साध्वी भट्ट दसैँ मनाउन कर्मथलो भारतबाट बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ आइपुग्नुभएको छ ।
प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बताउनुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।