• २८ वैशाख २०८१, शुक्रबार

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

blog

इस्लामाबाद,  कार्तिक, ४ गते । पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर (सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो।

अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बिच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ ।

मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध  विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ । कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठुलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ  समेत बरामद भएको छ ।  रासस/सिन्ह्वा