अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपियाँ अनुदान दिने भएको छ ।
इराकबाट भाग्यले बाँचेर नेपाल फर्केका मसवीरलाई पछिल्लो इजरायल घटनाले पुनः त्रसित बनाएको छ । हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि म्याग्दीका मसबीर रोका पुनः त्रसित भएको बताउनुभएको छ ।
नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीले शनिबार प्रथम बङ्गबन्धु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । यी दुवै खेलाडी सितापाइला डोजाङका उत्पादन हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।
दशैंमा खर्चको जोहो गर्न गाउँका स्थानीय महिला खसीबोका बेच्न बजारमा व्यस्त हुनेगरेका छन् । पुरुषहरु रोजगारीका लागि बाहिर गएपछि महिला आफै बजार गएका हुन् ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।
दाङकमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरणमा सहयोग सुरु गरेको छ ।
लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ ।
उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भरतपुर ओरालोको भाटभटेनीनजिक शनिबार अपरान्ह एक जना अपरिचित मानिस मृत अवस्थामा भेटिएका छन् ।
दसैं र तिहार लक्षितगरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । धनकुटाका गाउँमा लिङ्गे र रोटे गरी दुईखाले पिङ खेल्ने प्रचलन थियो । तर अहिले दसैं आउँदा पनि पिङ खेल्ने संस्कृति हराइसकेको छ ।
हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका-१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका-१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
याग्दीको मङ्गला गाउँपालिका-५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.सं.२०७७ पुुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो ।