चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू. एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।
नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकमा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुँदैछ ।
चौतारा, चैत १ गते । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।उक्त सडकखण्डमा बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नतिका लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उहाँको भनाइ छ । “सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ”, वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भन्नुभयो । सडक विस्तारः हिउँदमा धुलो, बर्खामा हिलो सिन्धुपाल्चोकको बलेफी जलविरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ । धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ । स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण प्रदूषित हुँदै गएको बताउनुभयो । “हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ । सडक आसपास बसोवास गर्ने तथा पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ”, उहाँले भन्नुभयो ।स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।” यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङले करिब ९५ प्रतिशत काम सकिएको बताउनुभयो । रासस
पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरूले भेट गर्नुभएको छ । आज (बुधबार) प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गर्नुभएको हो ।
बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले विभिन्न जातजाती, पेसाकर्र्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् ।
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशय सञ्चालनमा आएको जलयात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउँमा मोटरबाटोकाे माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाअन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतीका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजारको क्षेत्र र वरपरका बस्तीलाई जोगाउन आठ ठूला योजना कार्यान्वयनमा ल्याइएको छ ।