पालगाउँमा राखिएको लिङ्गे र चर्खे पिङले दसैंमा रौनकता थपेको छ । जिल्लाको विभिन्न स्थानमा राखिएका लिङ्गे र चर्खे पिङले रौनकता बढाएको स्थानीय बासिन्दाले बताएका छन् ।
आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।
हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको शाखाबाट दसैका लागि १८ करोड ९६ लाख नयाँ नोट सर्वसाधारण नागरिकलाई वितरण गरिएको छ । गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म बैंकले नयाँ नोट साट्ने ब्यवस्था मिलाएको थियो ।
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका –६ जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानुन निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १० मा एक जना युवाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रवार राती अन्दाजी वर्ष २४ का रमेश शाहीको मृत्यु भएको र शनिवार दिउसो मात्र जानकारी आएको प्रहरीले जनाएको छ ।
प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासी प्यालेस्टाइनको समर्थन गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।
सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरुमा शनिवार हिंसात्मक झडप भएको छ ।
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प पछि यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।
नेपाल वायु सेवा निगमले विमान खरिदका लागि प्रस्ताव आव्हान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आव्हान गरेको हो ।
बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।