धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प पछि यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।
नेपाल वायु सेवा निगमले विमान खरिदका लागि प्रस्ताव आव्हान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आव्हान गरेको हो ।
बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
चार महिनाअघि काम तथा व्यापार व्यवसायका लागि चीनको पुराङ काउन्टीको ताक्लाकोटमा गएका हुम्लावासी दसैँ मनाउन फिर्ता भएका छन् । सिमकोट गाउँपालिका–२ का जय भण्डारी चार महिनाअगाडि कामका लागि ताक्लाकोट जानुभएको थियो ।
धनगढी उपमहानगरपालिकाले गत साउन महिनादेखि हालसम्म २१ पटक बजार अनुगमन गरेको छ । साउनमा पाँच पटक, भदौमा छ पटक र असोजमा आठ पटक गरी पहिलो त्रैमासमा २१ पटक अनुगमन गरेको हो । बजार अनुगमन समितिका संयोजक नारायणप्रसाद शर्माका अनुसार यस अवधिमा ४०० भन्दा बढी पसलमा अनुगमन गरी म्याद नाघेका वस्तु नष्ट गरिएको छ ।
मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिने छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।
सन् २००३ मा बेलायतमा भेला भएका नेपालीले जुन लक्ष्य र उद्देश्य अनुसार सङ्घ स्थापना गरे, त्यो लक्ष्य र उद्देश्यलाई व्यवहारतः उतार्न सकिएको छैन । झन् एकसाथ तीन अध्यक्ष चयन गर्नेसम्मको अवस्थामा यो सङ्घ पुग्यो । कहीँ नभएको अभ्यास १० औँ महाधिवेशनपछि एनआरएनएमा देखापर्याे ।विदेशमा बस्ने नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशन भर्खरै सकिएको छ । चाडपर्वको उल्लास छाइरहेको बेला काठमाडौँमा भेला भएकाहरूले प्रत्यक्ष र विदेशमा रहेकाहरूले अनलाइन मतदान गरे तर मत परिणामका कारण विवाद चर्कियो । अनलाइन मत परिणाम सार्वजनिकका व्रmममा गम्भीर प्राविधिक त्रुटि भेटिएपछि विश्वसनीय र प्रभावकारी भनिएको विद्युतीय मतदानबारे प्रश्न उब्जियो । १० औँ महाधिवेशनका क्रममा चर्किएको विवाद ११ औँमा आएर स्वस्थ र निष्पक्ष निर्वाचनमार्फत साम्य होला भन्ने अनुमान धेरैको थियो तर त्यो गलत साबित हुन पुग्यो, जसका कारण एनआरएनए अभियानमा ठुलो धक्का लागेको छ र साख गिर्दो अवस्थामा पुगेको छ । कुनै समय ‘धनीहरूको क्लब’ भनेर उपमा पाएको सङ्घ बिस्तारै श्रमिक वर्गमा पनि पुग्न थालेको थियो । श्रमिककै रूपमा मध्यपूर्वका देशमा पुगेका नेपाली उम्मेदवार बनेर मैदानमा थिए भने विद्यार्थीका रूपमा युरोप, अमेरिका गएका व्यक्तिहरू सङ्घको उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा थिए । सङ्घले बिस्तारै लोकतान्त्रिक पद्धतिको लय समात्दै समावेशी सिद्धान्तलाई अङ्गीकार गर्न थालेको थियो तर यो अभियान बिस्तारै सेलाउन पो थाल्यो । सन् २००३ मा बेलायतमा भेला भएका नेपालीले जुन लक्ष्य र उद्देश्य अनुसार सङ्घ स्थापना गरे, त्यो लक्ष्य र उद्देश्यलाई व्यवहारतः उतार्न सकिएको छैन । झन् एकसाथ तीन अध्यक्ष चयन गर्नेसम्मको अवस्थामा यो सङ्घ पुग्यो । कहीँ नभएको अभ्यास १० औँ महाधिवेशनपछि एनआरएनएमा देखा प¥यो । सङ्घ स्थापना हुँदा करिब सात लाख नेपाली विदेशमा थिए भने अहिले ७० लाख पुग्दा सङ्घ थप मजबुत, परिष्कृत र परिपक्व बन्नुको साटो पदीय लुछाचुँडीले टुक्रिने अवस्थामा पुग्यो । पूर्वअध्यक्ष शेष घलेको एउटा समूह यस पटकको महाधिवेशनमा सहभागी भएन । ११ औँ महाधिवेशन र त्यसपछि सिर्जित परिस्थितिले एनआरएनए अब विभाजनको बाटोमा अघि बढेको प्रस्ट देखिन्छ । यद्यपि सबै विवाद साम्य भएर अभियानले नयाँ लय समात्न सक्छ भन्ने आशा भने जीवितै छ । यस्तो परिस्थितिमा नयाँ नेतृत्वको सबैभन्दा ठुलो चुनौती एकताको सूत्रमा बाँधेर सङ्घलाई मजबुत र सङ्गठित बनाउनुपर्ने चुनौती देखिन्छ ।नेपाली डायस्पोरालाई कसरी चिन्ने भनेर नेपालले भारत र चीनबाट पनि धेरै सिक्न सक्छ । भारतीय र चिनियाँ डायस्पोराप्रति ती देशको भिजनलाई नजिकबाट अध्ययन गर्नुपर्छ । विश्वको तेस्रो ठुलो अर्थतन्त्रका रूपमा उदाउन लागेको भारतले डायस्पोराको ज्ञान र सिप भिœयाउन, संस्कृति आदानप्रदान गर्न जिआइएन, केआइपीमार्फत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वास्तवमा भारतले आफ्नो लक्ष्य पूरा गर्न भारतीय डायस्पोरालाई भरपुर सदुपयोग गर्ने लक्ष्य लिएको छ । चीनले पनि डायस्पोरामा छरिएका आफ्ना नागरिकबाट मुलुकको अर्थतन्त्रलाई थप बलियो बनाउँदै लगेको छ ।सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण भइरहेका बेला यो लक्ष्य भेटाउन डायस्पोराको आफ्नो सम्पत्तिलाई सदुपयोग गर्ने उद्देश्य चीनले राखेको छ । स्टेट काउन्सिल अन्तर्गत विदेश मामिला कार्यालय, चीन ओभरसिज एक्सचेन्ज सङ्घमार्फत चीनले डायस्पोरामा रहेका नागरिकको ज्ञान, सिप र पुँजी भित्र्याउन दीर्घकालीन योजनाहरू अघि सारेको छ । माटो र मन जोड्न अथक भूमिका निर्वाह गरिरहेको छ । नेपालले पनि चीन र भारतबाट यस्ता कुरा सिक्नुपर्छ र एनआरएनए नेतृत्वले यसमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ । नेपाली डायस्पोरालाई एकत्रित गर्दै एनआरएनएको साख जोगाउन मात्र नभई यस अभियानमार्फत मुलुकको समृद्धिमा काम गर्न ढिलाे भइसकेको छ । तत्काल गर्नुपर्ने कामनेपालको नागरिकता तेस्रो संशोधन नियमावली, २०८० स्वीकृत भएर राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपालीले नागरिकता पाएका छन् । एनआरएनए नागरिकता वाहकले राजनीतिक अधिकार पाउँदैनन् । सरकारी सेवामा प्रवेश गर्ने प्रशासकीय अधिकार पनि पाउँदैनन् । गोर्खाहरूको अधिकारका सवालमा एनआरएनएले प्रभावकारी काम गर्न सकिरहेको छैन । गोर्खाहरूका माग सम्बोधन हुन नसक्नु एनआरएनए नेतृत्वको कमजोर लबिङ हो । यसमा ध्यान दिनुपर्ने तत्कालीन दायित्व हो । २०७८ वैशाखमा नेपालको पूर्वाधार, उत्पादनशीललगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपियाँ पुँजी भएको एनआरएनएबाट नेपाल विकास कोष स्थापनाको घोषणा गरिएको थियो तर त्यसले अझै कार्यान्वयन हुने अवसर पाएको छैन । यसलाई कार्यान्वयनमा ल्याउन अबको नेतृत्व तत्पर हुनुपर्ने छ । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम चलिरहेको छ । त्यस व्रmममा तीन लाखभन्दा बढी श्रमिक सुरक्षा योजनामा आबद्ध भइसकेको ताजा तथ्याङ्क छ तर यो एकदमै न्यून हो । यसको सङ्ख्या बढाएर कोषप्रति आकर्षण बढाउन सङ्घले भूमिका निर्वाह गर्नुपर्ने छ । नेपालमा स्वतःस्फूर्त रूपमा ज्ञान, सिप र लगानी भित्र्याउन अझै पनि कानुनी जटिलता छन्, जसका कारण धेरै प्रवासी नेपाली माटोमा लगानी गर्न त्यति उत्साहित हुँदैनन् । भएको लगानी पनि सुरक्षित नभएको र बजारीकरणमा समस्या भएको उनीहरूको बुझाइ छ । त्यसलाई सहजीकरण गर्न एनआरएनएको भावी नेतृत्वले कदम चाल्न सक्नुपर्छ । सरकारले पछिल्लो समय वैदेशिक लगानीको सीमा पाँच करोडबाट दुई करोडमा झारेको छ तर त्यस्तो सीमा गैरआवासीय नेपालीका लागि लागु नहुने व्यवस्था मिलाउनुका साथै सानो पुँजी पनि नेपालमा भित्र्याउने वातावरण सिर्जना गर्न सङ्घले सरकारसँग सहकार्य गर्न जरुरी छ । प्रवासीहरूको भावना नेपाली माटोसँग जोडेर समृद्धिको बाटो कोर्ने साझा अभियानमा एनआरएनए लाग्नुपर्नेमा उल्टै विवादमा रुमल्लिएपछि सरकारले पनि गम्भीर कदम चाल्नुपर्ने तत्कालीन आवश्यकता देखिन्छ । प्रतिबद्धता कार्यान्वयननेतृत्व आफ्नो पोल्टामा पार्ने रणनीति अनुरूप चुनावताका उठाएका मुद्दा कति कार्यान्वयन भए भन्ने सवाल सबै सङ्घसंस्थामा पेचिलो प्रश्न हो । लोभलाग्दा नारा, लोकप्रिय एजेन्डा र आर्थिक प्रलोभनमा चुनाव जित्ने परम्परा एनआरएनएमा पुरानो हो । दुई वर्षे कार्यकालको छोटो अवधिमा पूरा गर्न नसकिने एजेन्डा उठाएर सफल भइने होइन । विभिन्न देशमा रहेका एनसिसीहरूको अधिवेशनमै छ महिना समय लगाउँदा दुई वर्षमा देखिने गरी काम हुने गरेको छैन । सङ्घ स्थापनालगत्तै अघि सारिएका कतिपय मुद्दा अझै कार्यान्वयनमा आइसकेका छैनन् । एक दशकअघि सारिएको नागरिकताको मुद्दा भर्खर कार्यान्वयनमा आएको छ । एनआरएनएको नेतृत्व राजनीतिक रूपमा पूर्वाग्रही हुँदा सरकारसँगको सहकार्य प्रभावकारी हुन सकेको छैन । कुनै पनि सरकारसँग हुने सहकार्यमा नेतृत्वको दूरदृष्टि र उचित समयमा उचित कदम चाल्न सक्नुपर्ने हो तर धेरै पटक नेतृत्व चुक्ने गरेको छ । दशकअघि एनआरएनएले उठाएका मुद्दा र परियोजना अझै कार्यान्वयन हुन सकेका छैनन् । सम्पन्न भएका परियोजना पनि शङ्काको घेरामा छन् र ती प्रभावकारी हुन सकेका छैनन् । जस्तो– गोरखाको लाप्राक बस्तीमा निर्माण भएका घर स्थानीयलाई हस्तान्तरण गरिए पनि घरधनीले बस्न रुचि देखाएका छैनन् । सानो र मापदण्डविपरीत घर बनाइएको उनीहरूको आरोप छ । ललितपुरको शङ्खमूल पार्कमा बर्सेनि बाढी पस्ने समस्या छ भने बालुवाटारमा निर्माण गरिएको केन्द्रीय कार्यालयको भवन निर्माणमा पनि प्रशस्त त्रुटि रहेको औँल्याइएको छ । त्यसैले परियोजना अघि सार्दा धेरै ठाउँमा एनआरएनए नेतृत्व चुक्ने गरेको छ । भिजन ट्वान्टी ट्वान्टी एन्ड विन्डोजको प्रस्ताव, स्मार्ट एनआरएनए, ‘एक एनसिसी, एक परियोजना’ को एजेन्डाहरू वर्षौंदेखि थलिएका छन् । स्मार्ट एनआरएनए परियोजनामा प्रशस्त त्रुटि देखिन थालेका छन् । प्रस्ट खाका र पर्याप्त अध्ययन नगरी अघि सारिएका मुद्दा बिचमै सेलाउने गरेका छन् । त्यसैले अब मुद्दा कार्यान्वयनदेखि नेपालमा लगानी भित्र्याउन विदेशमा रहेका नेपालीमा प्रोत्साहन र अवसर सिर्जना गर्नु अबको एनआरएनएको जिम्मेवारी हो । पैसा र शक्तिको भरमा चुनाव जित्ने र काम नगर्ने परिपाटीको अन्त्य गरिनुपर्छ । विशेषतः आवश्यक परेको देशमा महावाणिज्य दूतावासको स्थापना, महिला र नयाँ पुस्तासम्म एनआरएनए अभियान पुर्याउन भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । संस्थाको दायरा र कार्यक्षेत्र पनि फराकिलो बनाउँदै लैजानुपर्ने दायित्व थपिएको छ । डायस्पोरा र एनआरएनएनेपालले आफ्नो कूटनीतिक सम्बन्ध राखेका देशहरूको सूची १८९ छ तर नेपाली २१० वटा मुलुकमा पुगिसकेका छन् । यस्तो बखत नेपाली डायस्पोराको महìव र भूमिका एनआरएनए साथै सरकारले बुझ्न सक्नुपर्छ किनकि १३ औँ शताब्दीमै अरनिकोले नेपाली डायस्पोराको प्रभाव र महìव प्रस्ट पारिसकेका छन् तर नेपाली डायस्पोराले नेपालमा सोचे अनुरूप लगानी भित्र्याउन सकिरहेका छैनन् । नेपालको कुल गार्हस्थ उत्पादनको एक चौथाइ रेमिट्यान्सले धानेको छ । धेरै रकम हुन्डीमार्फत पनि आइरहेको छ, जसले अर्थतन्त्रमा सोचे अनुरूप सहयोग पुगेको छैन ।मातृभूमिको सामाजिक र आर्थिक रूपान्तरणमा योगदान गर्न चाहने संसारभरिका डायस्पोराहरूको समान चरित्र हो । नेपालको समुन्नतिमा डायस्पोराको भावनात्मक चासो छ । नेपाली मूलका वैज्ञानिक, नीतिनिर्माता, चिकित्सक, इन्जिनियर, साहित्यकार, कलाकारहरूको सङ्ख्यात्मक मात्र नभई गुणात्मक रूपमा वृद्धि भइरहेकाले यिनीहरू सबैलाई जोड्न सक्ने संस्था भनेको एनआरएनए थियो र छ । अहिले यो संस्था विवादको भुमरीमा फस्नु मुलुकको समृद्धिका लागि बाधा हो । त्यस्तै रेमिट्यान्स, विकासमा योगदान, कूटनीतिक विस्तार, पर्यटन प्रवर्धन, सामाजिक र परोपकारी काम गर्न एनआरएनएको भूमिका जरुरी देखिन्छ । त्यसैले एनआरएनए अभियान प्रवास र स्वदेश दुवैले खोजेको छ । कुनै अमूक व्यक्तिका कारण संस्था बिग्रनु, टुक्रिनु वा फुट्नु हुन्न ।
दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरण गरिदिन थालेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाभित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो ।
बलिप्रथाविरुद्धको अभियान हरेक साल चल्दछ । पशुअधिकारकर्मी निरन्तर आन्दोलनमा छन् । विभिन्न सङ्घसंस्था पनि यसविरुद्ध संलग्न मात्र होइन, सक्रिय छन् तर पनि यो प्रथा निरन्तर चलिरहेको छ । यो दुःखद कुरो हो ।तराई मधेशमा केही धार्मिक स्थलमा बलिप्रथाको प्रचलन छ, जसमध्ये एउटा हो– सिराहाको लहान–१५ स्थित पञ्चावती राजदेवी मन्दिर । चण्डी पूर्णिमाको दिन पशुपन्छीको बलि दिने प्रथा अझै पनि यहाँ जीवित छ । यस राजदेवी मन्दिरमा तीन दिनसम्म भव्य मेला पनि लाग्ने गर्दछ । नेपाल र छिमेकी मुलुक भारतका हजारौँ भक्तजनको यहाँ घुइँचो लाग्छ । प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउने भक्तजनको सङ्ख्यामा दिनप्रतिदिन बढोत्तरी भएको पाइन्छ । त्यस्तै भाकल गर्नेहरूको सङ्ख्या पनि प्रतिवर्ष बढ्दै गएको पाइन्छ ।स्थानीय जनप्रतिनिधिहरूले यस राजदेवी मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रकै रूपमा विकास गर्ने अठोट लिएका छन् । लहान नगरपालिकाको विकासनिर्माणमा पनि जनप्रतिनिधिहरू प्रतिबद्ध छन् । यहाँसम्म आउने सडकको निर्माण कार्य, धर्मशाला निर्माण र यस मन्दिरलाई रङ्गरोगन गरेर राम्रो बनाउने सङ्कल्प पनि लिएको पाइन्छ । भक्तजनको सेवासुविधा, बसोबासको व्यवस्था आदिमा चासो देखिन्छ । यहाँ सडक सुविधा भएपछि नेपाल र भारतका विभिन्न स्थानका भक्तजनको भिड बढ्न थालेको देखिन्छ ।लहान सदरमुकामबाट १० किलोमिटर उत्तरमा अवस्थित जङ्गलसँगै जोडिएको यस राजदेवी मन्दिरमा आउने भक्तजन विशेषतः सन्तान प्राप्ति, रोग निदान र आफ्नो कार्यमा सफलता प्राप्त होस् भनेर पूजाआजा गर्ने गर्दछन् । बिहानैदेखि भक्तजनको भिड देख्न सकिन्छ । आन्तरिक पर्यटनको अभिवृद्धिमा पनि यस मन्दिरबाट अत्यधिक लाभ प्राप्त हुने सम्भवना देखिन्छ । फलस्वरूप यहाँ लाग्ने मेलामा भक्तजनको सुविधाका लागि विभिन्न किसिमका सेवा प्रदान गर्न थालिएको छ । थारू समुदायको घना बस्ती यस क्षेत्रमा भएकाले उनीहरू बढी सव्रिmयतापूर्वक यसमा भाग लिने गर्छन् । उनीहरू पूजाआजापछि प्रसाद आपसमा मात्र होइन, कुटुम्ब र इष्टमित्रलाई पनि खुवाउन खुसी मान्छन् । यस मन्दिरमा बलि दिएका पशुपन्छीको रगतले मन्दिर रक्ताम्मे देखिन्छ तर दुर्गन्ध आउँदैन । यहाँसम्म कि झिँगासमेत लाग्दैन । यो सबै राजदेवीको चमत्कारको फल हो भनेर जनमानसमा वर्षौंदेखि विश्वास रहिआएको छ । यस मन्दिरको कहिले स्थापना भएको हो, कसैलाई थाहा छैन तर धामीलाई देवीले सपनामा यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाको शुभ अवसरमा बलि दिनू भन्ने आदेश दिएको कुरा लोकविश्वास छ । राजदेवी यस्तो प्रचलित र लोकप्रिय देवीको नाम हो कि तराई मधेशका धेरैजसो दुर्गादेवीको मन्दिरलाई राजदेवी भन्ने गरिन्छ । राजदेवीले एउटा धर्मको प्रतीक धार्मिक स्थलका रूपमा मान्यता प्राप्त गरिसकेको छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजको ठिक केन्द्रमा स्थापित दुर्गाको मन्दिरलाई पनि राजदेवी नै भनिन्छ । राजदेवी र राजविराजमा नङमासुको जस्तो अभिन्न एवं अविच्छिन्न सम्बन्ध रहँदै आएको छ । भनिन्छ कि राजविराजको नामकरण राजदेवीकै आधारमा भएको हो । यस मन्दिरमा स्थापित मूर्ति कुनै कुशल कालिगढद्वारा निर्मित नभए पनि यो आस्था र विश्वासको केन्द्र बन्न पुगेको छ । यस मूर्तिलाई ध्यानपूर्वक नहेर्दा यो ढुङ्गा नै हो जस्तो लाग्दछ । मन्दिरको भित्री प्रवेशद्वार दुई वटा छन् । पूर्वपट्टिको प्रवेशद्वारमा दुई वटा सिंहका ढङ्गे मूर्ति छन् र उत्तरपट्टिको प्रवेशद्वारमा चाहिँ गणेशको मूर्ति । मन्दिरको वरिपरि २४ वटा ढुङ्गामा कुँदिएका साना साना मूर्ति छन् । प्रवेशद्वारमा एकातिर रक्षाका प्रतीक हनुमानको ध्वजा छ । मन्दिरको उत्तरपट्टि एउटा कुण्ड छ । त्यसमा भगीरथको मूर्ति छ । मन्दिरको पूर्वपट्टि दुई÷तीन वटा पुराना रुख छन्, जुन जर्जर अवस्थामा छन् । राजदेवीका सम्बन्धमा किंवदन्ती पनि प्रचलित छन् । राजदेवी आफैँ उत्पत्ति भएकी देवी हुन् । प्राचीन युगमा धेरै साना साना ढुङ्गे मूर्ति थिए, जसमध्ये धेरै मूर्तिलाई उठाएर अर्को ठाउँमा लगिएको सुनिन्छ । ठुलो मूर्ति राजदेवीलाई विस्थापित गर्न खोज्दा सफलता नभेटिएपछि अनि राति सपनामा देवीले मलाई यहीँ पूजाआजा गर्नू भन्ने आदेश भएबमोजिम यस मूर्तिलाई यथास्थानमा स्थापना गरी पूजा गर्ने परम्परा प्रचलित भएको पाइन्छ । सपनामा देवीको आदेशानुसार उनलाई राजदेवी भनेर नामकरण गरिएको छ तर दुःखको कुरो यस मन्दिरको ऐतिहासिक, पुराताìिवक र धार्मिक अध्ययन–अनुसन्धान अहिलेसम्म भएको छैन । यहाँ बलिप्रथा चढाउने परम्परा दिनानुदिन बढ्दै गएको पाइन्छ, जसलाई निरुत्साहित गर्नु सराहनीय हुन्छ । छिन्नमस्ता देवी सप्तरीमा मात्र होइन, नेपाल र छिमेकी मुलुक भारतको बिहार राज्यमा विशेष रूपमा प्रसिद्ध एवं प्रख्यात देवीका रूपमा पुजित र सम्मानित छ । सदरमुकाम राजविराजदेखि झन्डै आठ माइल दक्षिण सप्तरीको छिन्नमस्ता गाउँपालिका (सखडा) मा यस देवीको मन्दिर अवस्थित छ । मन्दिर धेरै भव्य र विशाल बाहिरबाट नदेखिए पनि यो मन्दिर धेरै प्रसिद्ध छ । भित्रपट्टिबाट भव्य र दिव्य मन्दिर र चारैतिर निकै चौडा बरण्डा भएकाले यसको भव्यता, शुद्धता र स्वच्छता तथा निर्मल वातावरण छ । यस मन्दिरको परिसरले प्रशस्त भूभाग ओगटेको छ । मन्दिरभित्र छिन्नमस्ताको एक मात्र ठुलो मूर्ति स्थापित छ, जुन नेपाल र भारतका भक्तका लागि आस्था र विश्वासको केन्द्र बनेको छ । छिन्नमस्ताको मूर्ति ठुलो रहेको छ र यसको दुवैतिर अन्य देवीका मूर्ति स्थापित भए पनि छिन्नमस्ताको नाम नै विशेष रूपमा प्रचलित र प्रसिद्ध रहन गएको छ । यी मूर्तिबाहेक अन्य दुई वटा साना साना पत्थरका मूर्ति र एउटा पित्तलको सानो मूर्ति पनि राखिएका छन् । छिन्नमस्ता देवीलाई सखडा भगवती पनि भन्ने गरिन्छ । दुइटै नामले अभिहित र अलङ्कृत भए पनि यस मन्दिरको ख्याति र प्रसिद्धिमा केही फरक पर्दैन । यस भव्य र दिव्य मन्दिरभित्र छिन्नमस्ता भगवतीको टाउकोबिनाको प्रस्तर मूर्ति प्रतिस्थापित भएको छ । यिनको दायाँबायाँ एउटै लहरमा दक्षिणकाली र महिषमर्दिनी भगवतीको पनि टाउकोबिनाकै प्रस्तर मूर्तिहरू स्थापित गरिएका छन् । यी मूर्तिको टाउको काटिएको सम्बन्धमा यस्तो किंवदन्ती छ – भगवती छिन्नमस्ताले कुनै पनि बलि नपाएपछि दक्षिणकाली र सिंहवाहिनीको टाउको काटी रगत पिएको र तत्पश्चात् आफ्नै शिर छेदन गरेकी थिइन् । यसै गरी त्यहाँ गणेश, चामुण्डा, भैरवी र सिंहवाहिनी देवीको ढलौटे प्रस्तर मूर्ति प्रतिस्थापित गरिएका छन् । छिन्नमस्ता मन्दिरको नियमित खुल्ने र बन्द गरिने नियम निर्धारित छ । बिहान ५ बजे खोलिने र ७ बजे बेलुकासम्ममा नित्य पूजा समाप्त गर्ने र यही बेला दर्शनार्थीले पूजाआजा गर्न पाइने प्रचलन रहेको पाइन्छ । विजयादशमीको शुभ अवसरमा यहाँ पूजाआजा र दर्शन गर्नेहरूको भिड लाग्छ । दसैँको दसौँ दिनसम्म यहाँ ठुलो मेला लाग्दछ । यसबाहेक विशेषतः शनिबार, कार्तिक शुक्ल एकादशी, माघ शुक्ल एकादशी आदि दिनहरूमा दर्शनार्थीको भिड लाग्छ । मुख्य मेला लाग्ने बेलामा यहाँ हजारौँ बोकाको बलि चढाउने गरिन्छ र बलि चढाउनका लागि मन्दिर बाहिरपट्टि आग्नेय कोणमा मौलो राखिएको छ । भगवतीको इच्छा र आज्ञा अनुसार मौलोमा बलि दिन थालिएको प्रचलन रहेको भनिन्छ । बलिबाट प्रवाहित रगत मन्दिरको पूर्वतर्फ अलि पर रहेको पोखरीमा निकास गर्ने गरिन्थ्यो तर अचेल पक्की ढल निर्माण गरी मौलाबाट बगेको रगत दक्षिणतिर अवस्थित विशाल पोखरीमा सिधै पु¥याउने व्यवस्था गरिएको छ । विजयादशमीको अवसरमा यहाँ पूजा र दर्शन गर्नेहरूको घुइँचो लाग्छ । दिनभरमा हजारौँको सङ्ख्यामा बलि प्रदान हुनुको साथसाथै दुर्गापाठ, रामायण पाठ आदि हुनु धार्मिक आस्था र विश्वासको प्रतिफल हो । यस्तै जनकपुरधामस्थित राजदेवी मन्दिरमा पनि बलि चढाइन्छ । जलेश्वरस्थित (महोत्तरी) राजदेवी मन्दिरमा पनि बलि प्रदान गरिन्छ । विराटनगरस्थित दुर्गा मन्दिर, सप्तरीको कङ्कालिनी मन्दिर, महोत्तरीको सोनामाइथानमा बलि प्रदान गरिन्छ । वीरगन्जको माइथानबाहेक शक्तिपीठहरूमा अष्टमी र नवमीका दिन बलि प्रदान गरिन्छ । सप्तरीस्थित कङ्कालिनी माई र अन्य शक्तिपीठमा बोकाको बलि प्रदान गरिन्छ । यसबाहेक राँगाको बलि पनि प्रदान गर्ने गरिन्छ । मधेश प्रदेशको सबैभन्दा प्रसिद्ध गढीमाई बारामा अवस्थित शक्तिपीठहरू सर्वाधिक बलि दिने धार्मिक स्थल मानिन्छ । हजारौँ खसी, बोका र राँगाको बलि यहाँ दिइन्छ । बलि प्रथाविरुद्धको अभियान हरेक साल चल्दछ । पशुअधिकारकर्मी निरन्तर आन्दोलनमा छन् । विभिन्न सङ्घसंस्था पनि यसविरुद्ध संलग्न मात्रै होइन, सव्रिmय छन् तर पनि यो प्रथा निरन्तर चलिरहेको छ । यो दुःखद कुरो हो । गढीमाईको पञ्चवर्षीय मेलाको अवसरमा असङ्ख्य बोका, खसी र राँगाको बलि प्रदान गर्ने गरिन्छ र यी विभिन्न सङ्घसंस्था पाल टाँगेर यसविरुद्धमा लागिरहेका हुन्छन् । यसले गर्दा बिस्तार बिस्तार बलि प्रथा दिनेहरू हतोत्साहित भइरहेका छन् तर यसमा उल्लेखनीय प्रगति भइराखेको छैन । यो चाहिँ सबैभन्दा दुःखको कुरा हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् ।
हिन्दुको महान् पर्व विजयादशमी शक्ति स्वरूपा नवदुर्गा भवानीको धुमधामले पूजा गरी मनाइँदै छ । अर्को ठुलो पर्व दीपावलीमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । हिन्दु धर्मावलम्बीले मनाउने प्रायः चाडपर्वमा नारीलाई ज्ञान, विवेक, धन सम्पत्ति, सौभाग्य तथा शक्ति प्राप्तिको कामना गर्दै पुज्ने गर्छन् । सृष्टि, पालन र संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वरले पनि आफ्नो सौर्य र शक्तिको प्राप्तिका लागि देवीकै आराधना गरेको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ । ‘जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’ भन्ने उक्ति हिन्दु दर्शनमा भेटिन्छ । त्यही दर्शन, धर्म र संस्कृतिको पृष्ठभूमिमा आधारित रहेर चलाइएका हाम्रा रीतिरिवाज र परम्परा समग्र नारीलाई गर्ने व्यवहारमा निकै फरक छन् । धर्मलाई आड बनाएर वा धर्म संस्कृतिको गलत अनुसरण गरेर नेपालमा महिलामाथि विभिन्न धार्मिक, सांस्कृतिक विभेद र हिंसा गरिएको छ । हिन्दु धर्ममा महिलाले रजश्वला हुँदा छुवाछुत नगरी छुट्टै बस्नुपर्ने, विवाहित महिलाले बिहान उठेपछि श्रीमान् तथा अन्य मान्यजनको दर्शन नगरी अन्य काम धन्दा गर्न नहुने, श्रीमान्को खुट्टाको जल नखाई अन्न ग्रहण गर्न नहुने, मन्दिरमा पुजारी भएर बस्न नहुने, वेद पढ्न तथा शङ्ख बजाउन नहुने, दाजुभाइसरह आमाबाबुको काजकिरिया गर्न नहुने, मलामी जान नहुने, विधवाले शुभकार्यको प्रारम्भ गर्न नहुने जस्ता गलत परम्परा अहिले पनि यदाकदा भेटिन्छन् । धर्म, संस्कृति तथा प्रचलनको नाउँमा अझै पनि महिलाले सामाजिक अपमान तथा धार्मिक हिंसा भोग्नु परेको छ । धर्मको नाममा चलाइएका परम्पराबाट महिला प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पीडित हुनु परेको छ । त्यसो त हिन्दु धर्ममा महिलालाई उच्च स्थानमा राखेको छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता खुसी हुन्छन् भनेर हिन्दु धर्मले महिलालाई उच्च सम्मानको दृष्टिले हेरेको हाम्रो जस्तो समावेशी र समानतामा आधारित वैदिक परम्परालाई व्यवहारमा भने गलत तरिकाले अवलम्बन गरिएको पाइन्छ । महिलाको सम्मान गरेर राखिएका व्यवस्था व्यवहारमा कार्यान्वयन भएका छैनन् । संस्कृतिविद्हरूका अनुसार यस्ता परम्परा झट्ट हेर्दा सामान्य लागे पनि यसको पालना गर्दा महिलाले धेरै प्रकारका असमान तथा विभेद सहनु परेको छ । परम्पराको नाउँमा महिलामाथि लादिएका अन्धविश्वास र विभेदपूर्ण व्यवहारले नै महिला पछि परेका हुन् । महिलालाई पछि पार्ने दृष्टिले गरिएका भेदभावपूर्ण व्यवहारलाई भने धर्म वा परम्पराको नाउँमा निरन्तरता दिइएको छ । जसले गर्दा एकातिर परम्परा पालना गर्दा महिलाले आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ भने अर्कोतिर परम्परा पालना नगर्ने हो भने महिलाले अनेकथरीका लाञ्छना सहेर समाजबाट अपहेलित र अपमानित हुनु परेको छ । हालै एक गैरसरकारी संस्थाले गरेको अध्ययनले कतिपय परम्पराले महिलालाई प्रत्यक्ष रूपमा फाइदा हुने देखिए पनि अप्रत्यक्ष रूपमा बेफाइदा पु¥याएको घटना पनि उत्तिकै आउने गरेको तथा धर्म, संस्कृति र परम्पराको नाउँमा भएका दुव्र्यवहार तथा असमान व्यवहारको तीव्र विरोध गरिए पनि त्यसको न्यूनीकरणमा सरकारले त्यति ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ । धार्मिक प्रचलनकै आधारमा भएका दुव्र्यवहारका घटनाविरुद्ध आवाज उठाएर न्यायका लागि आउने प्रवृत्ति पनि बनिनसकेको अधिकारकर्मीहरूको तर्क छ । धर्म र प्रचलनको नाममा दुव्र्यवहार बढे पनि पीडितले त्यसविरुद्ध आवाज उठाएर न्यायको प्रव्रिmयासम्म पनि पुग्दैनन् । महिलाले धर्म, संस्कृति तथा परम्पराका नाउँमा भएका असमान व्यवहार सहेर बस्ने तर त्यसविरुद्ध न्यायका लागि अदालत तथा प्रशासनिक निकायमा कमै मात्रामा जाने गर्छन् । धर्म, संस्कार, परम्पराका नाउँमा हुने अन्धविश्वास, कुरीति र कुप्रथाको विरुद्धमा आवाज बुलन्द पार्दै यस्ता अमानजनक र दुव्र्यवहारपूर्ण प्रथा र प्रचलनको विरुद्धमा स्पष्ट कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा महिला अधिकारवादीले जोड दिँदै आएका छन् । हाम्रो समाजमा अझै छाउपडी, देउकी, कुमारी आदि प्रथा प्रचलनमा छन् । जसबाट महिलामाथि प्रत्यक्ष वा परोक्ष रूपमा शोषण, अन्याय हुने गरेको छ । धर्म तथा संस्कृतिको नाममा चलाइएका प्रथाले महिलाको मानव अधिकार तथा मौलिक हकको स्वतन्त्रतापूर्वक प्रयोगमा बाधा उत्पन्न गरेको छ । प्रथा र परम्पराको नाउँमा महिलाविरुद्ध भेदभाव भएकाले त्यसबाट पीडितको मनभित्र द्वन्द्व सिर्जना गर्ने र त्यसबाट थप समस्या निम्तिने हुँदा पारिवारिक वातावरण अशान्त हुन सक्छ । धर्म, संस्कृति, परम्परा तथा प्रथाको नाममा हुने व्यवहारबाट पनि आन्तरिक द्वन्द्व उत्पन्न हुने तर त्यसको निराकरणका लागि विद्रोह पनि गर्न नसकिने हुँदा धर्मको आधारमा हुने हिंसाको परिणाम नराम्रो हुन्छ । धार्मिक आस्था र मान्यतामा महिलालाई जोडेर भएका प्रचलनले परोक्ष वा अपरोक्ष रूपमा उनीहरूभित्र द्वन्द्व सिर्जना गरेको हुन्छ । नेपालका संस्कृति तथा परम्परा अनुसार महिलाले मात्र पालना गर्नुपर्ने केही त्यस्ता कठोर आचरण, व्यवहार र सामाजिक बन्धनले महिलामाथि मानसिक तथा शारीरिक हिंसालाई बढाउन मद्दत गरेको छ । धर्मले महिलालाई कुनै असमानता, विभेद, अपमान नगरे पनि धर्मसँग जोडेर हेरिने प्रथा, परम्परा र संस्कारको नाममा भएका व्यवहार भने विभेदपूर्ण देखिन्छन् । प्रथा, परम्परा र संस्कार विभिन्न जातजाति, समुदाय वा सम्प्रदायमा फरक फरक हुने गर्दछन् । अन्धविश्वासका कारणले महिलालाई शारीरिक वा मानसिक दुर्लभता र अशक्तता देख्ने, श्रम विभाजनमा जिम्मेवारीपूर्ण काम नदिने, होच्याउने र हेयको दृष्टिले हेर्ने जस्ता व्रिmयाकलापले महिलामाथि दुव्र्यवहार हुने गरेका छन् । सर्वोच्च अदालतबाट प्रकाशित बुलेटिनहरूका अनुसार कतिपय समुदायमा महिलाको हकमा मात्र लागु हुने गरी बनाइएका प्रथा वा रीतिथितिले उनीहरूमाथि सामाजिक दुव्र्यवहार भएको विश्लेषण गर्न सकिन्छ । महिलाको हकमा मात्र पालना गर्नुपर्ने गरी व्यवस्था गरिएका छाउपडी, देउकी, झुमा प्रथाले महिलालाई विभेद गरेका छन् । कुमारी प्रथाले महिलालाई सम्मानको दृष्टिले हेरेको छ तर अरू प्रथाले महिलालाई होच्याउने, स्वभिमानमा ठेस पु¥याउने तथा हिंसा र दुव्र्यवहारजन्य व्रिmयाकलाप हुने गरेको विश्लेषण गरिएको छ । यी प्रथामा अन्धविश्वास र रूढिवादीजन्य प्रवृत्ति व्याप्त भएकाले यसले महिलालाई अपमान गरेको छ । यस्ता प्रथालाई धर्मको खोल ओढेर संरक्षण दिइने गरेको पाइन्छ । धर्मको डर, त्रासका कारण यस्ता नकारात्मक प्रथा र प्रचलनले निरन्तरता पाइराखेका छन् । यसबाट महिला बढी अपमानित र प्रताडित हुनु परेको छ । छाउपडी प्रथा महिलाको मानवीय संवेदनशीलता नै बिर्सेर छुद्र र तल्लो स्तरको व्यवहार प्रदर्शन गरिने भएकाले यो महिलामाथिको घोर अपमानजनक र हिंसात्मक व्यवहार हो । देउकी प्रथाले पनि महिलालाई उपभोग्य वस्तुका रूपमा चित्रण गर्न खोजिएको र नारीको आत्मसम्मानमा आघात पु¥याउने भएकाले यो प्रथा अपमानजनक र अन्यायपूर्ण छ । प्रथा वा प्रचलन धार्मिक तथा सम्प्रदायको आस्थाका आधारमा सामाजिक सुव्यवस्था कायम गर्न राम्रो दृष्टिकोण र मान्यताका आधारमा यस्ता प्रथा प्रचलनमा ल्याइएको देखिन्छ । यसको मुख्य उद्देश्य समाजमा अनुशासन कायम गराउनु हो । हालसम्म बनाइएका संविधान, कानुन, नीति तथा योजनामा महिलाको आर्थिक, सामाजिक उत्थानका लागि विभिन्न व्यवस्था गरिएको छ । संविधानले महिलाको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरेको छ । चालु योजनाले महिलाको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैङ्गिक भेदभाव हटाई समानता प्रदान गर्ने, राजनीतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यमा महिलाको सशक्तीकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिएको छ तर पनि यसबाट खासै प्रगति भएको देखिँदैन । महिला र पुरुषबिच समानता कायम गर्न, पिछडिएका महिलाको उत्थानका लागि विशेष कानुन बनाई अगाडि बढाउने भनिए पनि महिलाको उत्थानका लागि विशेष किसिमको कानुन बनाएर कार्यान्वयन गरिएका छैनन् । जसरी महिलालाई प्रकृतिले शारीरिक रूपमा अतिरिक्त जिम्मेवारी दिएको छ, त्यसै गरी कानुनले पनि संरक्षण दिन नसकी कमजोर बनाएको छ । महिला स्वभावतः सहनशील र दयालु हुन्छन् । उनीहरूले आफूविरुद्धका अन्यान्यपूर्ण व्रिmयाकलाप सहजै बाहिर ल्याउन सक्दैनन् र कतिपय अवस्थामा चाहँदैनन् । यसैले झट्ट हेर्दा विभेद गरेको नदेखिए पनि ती सामाजिक नियमहरू पालना गर्दा धेरै कठिनाइ सहन गर्नु परेको छ । बहुसङ्ख्यक समाज पितृसत्तात्मक र विभिन्न सम्प्रदायमा विभाजन भएको कारणले पनि आ–आफ्नै चलन तथा रीतिथिति छन् । कतिपय प्रथा रूढिवादी र अन्धविश्वासमा पनि चलेका छन् । त्यसैले महिला हेपिनु र दबिनु परेको छ । सामाजिक मान्यता र प्रचलनका विरुद्धमा न्यायिक उपचार खोज्ने प्रावधान र प्रचलन पनि छैन । त्यसैले पनि कतिपय व्यवस्थाले निरन्तता पाइराखेका छन् । यस्ता विकृति, विसङ्गति हटाउन जनचेतना, शैक्षिक स्तरमा विस्तार र सुधार तथा महिला सशक्तीकरण जस्ता कार्यव्रmमको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । प्रभावित र पीडित वर्गले पनि सामूहिक र सङ्गठित रूपमा अन्यायपूर्ण व्यवहारको विरोध गर्नु पर्छ र न्यायिक उपचार खोज्नु पर्छ । त्यस्ता असमानपूर्ण व्यवहार कानुनबमोजिम दण्डनीय भएकाले राज्यले पनि सामाजिक विभेद अन्त्यका लागि आवश्यक नीति योजना तथा कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।
दसैँतिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ ।