सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा रहेर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ। मन्त्रालयले बिहीबार आयोजना गरेको सातै प्रदेशका सञ्चार हेर्ने मन्त्रीहरूसँगको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। संविधानले दिएको एकल अधि
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित नेपाली दूतावासबाट नै पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको हो । यो प्रत्यायोजनसँगै अब विदेशमा रहेका नेपालीले पुनः श्रम स्वीकृतिका लागि नेपाल आउन पर्ने बाध्यता हटेको छ । विदेशमा रहेका नेपालीले बीमा र कल्याणकारी कोषको रकम तिरेर दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने भएका हुन् ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको मुख्य बजार क्षेत्रमा खुला रूपमा छरपस्ट देखिएका तारलाई भूमिगत गर्ने भएको छ। खुला रूपमा तानिएका तारका कारण बजार क्षेत्रको सौन्दर्यमा कमीसँगै सुरक्षा चुनौती बढेको भन्दै उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा विद्युत्, टेलिफोन, इन्टरनेटका तारलाई भूमिगत गर्ने निर्णय गरेको हो।
करिब अढाई महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ। चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गर्नुभएको छ। संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि बिहीबार प्रधानमन्त्रीको पत्र आएको जानकारी दिनुभयो।
स्थानीय पूर्वाधार निर्माणका लागि बेलायतले नेपाललाई १४ अर्ब ४० करोड रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)अन्तर्गत बेलायतले उक्त सहयोग गर्ने भएको हो । सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।
घटना १ – बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण । घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ गते शुक्रबार सकिँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।
आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार साँझ स्वदेश फर्किनुभएको छ।
काठमाडौं, चैत २ गते। नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको नेपाली टिमलाई शीर्ष नेताले बधाई दिनुभएको हो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फेसबुकमार्फत् क्रिकेट टिमलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिनुभएको हो। ‘‘आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको खेलमा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई’’, सभामुख घिमिरेले बधाई दिँदै फेसबुकमा लेख्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले क्रिकेट टिमलाई बधाई दिँदै ट्वीटरमा लेख्नुभएको छ, ‘‘बधाई टिम नेपाल। आइसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई।’’क्रिकेट टिमलाई बधाई दिनुहुँदै एमाले अध्यक्ष ओलीले ट्वीटरमा लेख्नुभएको छ, ‘‘युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।’’ त्रिवि क्रिकेट मैदानमै पुगेर बिहीबार बिहान प्रधानमन्त्रीसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र पार्टीका नेताले खेलाडीलाई उत्साहा दिनुभएको थियो। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता खेल समय अवधिभर क्रिकेट मैदानमै बस्नुभएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताउनुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सम्पन्न अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदैछ।
टीकापुर नगरपालिका ब्लक नम्बर १२ की मीना परियारको पेटमा समस्या भयो । स्वास्थ्य बीमा गरेको हुनाले परिचयपत्र बोकी छिमेकीलाई सहयोगी बनाएर टीकापुर अस्पताल आउनुभयो ।