• २७ वैशाख २०८२, शनिबार

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

blog

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन सोमबार नवकन्याको पूजाअर्चना गर्नुहुँदै । सौजन्य तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, कात्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज (सोमबार) नवकन्याको पूजाअर्चना गर्नुभएको छ । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो । 

सो अवसरमा राष्ट्रप ति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । दसैंका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ  दुर्गा रूपको पूजा गर्ने गरिन्छ । रासस