• ६ जेठ २०८१, आइतबार

दार्म जिउला धान पाकेर पहेँलै ( फोटो फिचर )

blog

खेतमा धान पाकेर पहेँलै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ६ गते । चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा दसैंको रमझमसँगै खेतहरुमा धान पाकेर पहेँलै देखिएका छन् । मार्सी धानका लागि जिउला निक्कै चर्चित छ । 

दार्म गाउँका सुहाना हमालले यतिबेला जिउलाभरि धान पाकेर पहेँलै भएको बताउनुभयो । जिल्लाभरिमै सबैभन्दा बढी धान  जिउलामा उत्पादन हुने गर्छ ।

गत वर्षभन्दा यसवर्ष राम्रो धान उत्पादन भएकाले किसान उत्साहित देखिएको उहाँको भनाइ छ । एउटै किसानले पाँच क्विन्टलसम्म धान उत्पादन गर्दै आउनुभएको छ । दुई हजार दुई सय मिटर उचाइमा दार्ममा धान उत्पादन हुने गरेको र खेतको फाँट  ठूलो रहेका कारण मानिसहरु खेतमै रमाउने गर्छन् ।