प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
इजरायलमा मारिएका दार्चुलाको लेकम गाउँपालिका ५ टकना घर भइ कञ्चनपुर बस्दैआएका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका ४ हुनैनाथका लोकेन्द्रसिंह धामीको सपना महाकाली नदीमा बिलाएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका( ११ हर्कटे खर्कदेखि छुर्पी बिक्री गर्नका चौँरी गाई मार्फत ढुवानी गरेर बजार लैजाँदै ।
कालीकोटको खाँडाचक्र नगरपालिका १० का रमेश शाहीको मृत्यु प्रकरणमा चार जनाबिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शुक्रवार राति संगै मदिरा सेवनपछि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुविरुद्ध जाहेरी परेको हो ।
आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् ।
बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिनुभयो ।
नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
दाङको राप्ती गाउँपालिका २ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्रीपूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ ।
आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ ।
आज दसैंको नवौं दिन । विदेशमा भएका छोराछोरी घर आउने, परिवारसँग मिलन हुने पर्व हो दसैं । घरमा मिठो मसिनो पकाएर खुशी साटासाट गर्ने दिन । तर कैलालीको जोशीपुर गाउँपालिका ५ मैनापोखरी गाउँ र घोडाघोडी नगरपालिका ४ जनकपुर गाउँ भने आँशुमा डुबेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।