७० वर्षीया लालकुमारी पुरीको रोल्पाको गजुलमा घर र परिवार छ । घरमा छोराबुहारीलगायतका रहेका छन् । आर्थिक रुपमा मध्यम परिवार राम्रै थियो ।
साहित्यकार सनत सापकोटाको लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो ।
चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा दसैंको रमझमसँगै खेतहरुमा धान पाकेर पहेँलै देखिएका छन् । मार्सी धानका लागि जिउला निक्कै चर्चित रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरेको छ ।
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।
नेपालगन्जको सडकमा स्ट्रीट लाइट (सडक बत्ती) बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ ।
ट्युनिसियाली जनताले प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै प्रदर्शन गरेका छन् ।
इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरुमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।
नेपालीहरुको महान् पर्व विजया दशमी (बडादसैँ) मनाउन उपत्यकामा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहँुदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसुति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी ९इ–हाजिरी० वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ।
आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ ।