ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुुन्छ ।
आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ ।
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दोलखाको बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं. ५ मकैवारिमा मङ्गलवार बिहान ३ बजेर ३५ मिनेटमा टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते हुनुभएको छ । कुलेखानी मातातिर्थ हुँदै वीरगन्जबाट काठमाडौँतर्फ जादैं गरेको मधेस प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते हुनुभएको हो ।
बडादसैँ २०८० को अवसरमा दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटोमा प्रारम्भ भएको देवीभागवत नवाह सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । विजया दशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।