बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो ।
नेपालले एसिसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।
हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँमा टिमुर फलेको छ । तीन वर्ष अगाडि बझाङ जिल्लाबाट ल्याएर लगाएको टिमुरको बोट लटरम्मै फलेको हो ।
विजयादशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
चितवनको भरतपुर महानगरपालिका –१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको उहाँहरुको भनाइ छ । तस्विरः कृष्ण आचार्य, रासस
भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।
दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।
यही कात्तिक ११ गतेबाट जिल्ला स्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रानीबन युवा क्लवको आयोजनामा उक्त गोल्ड कप पहिलो पटक सञ्चालन हुन लागेको हो ।
नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलीला महोत्सव अन्तर्गत मंगलवार १० औ दिन अपरान्ह रावणको बध गरिंदैछ ।
चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय हुनुभएको छ । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो ।
सीमापारीबाट भन्सार छलेर भित्रिएका सामान प्रहरीले लामो समयदेखि बेला बेलामा बरामद गर्दै आएको छ । प्रहरीले अवैध सामान पक्राउ गर्दै आए पनि चोरी पैठारी गर्नेहरु भने कहिलेकाँही मात्रै पक्राउ पर्ने गरेका छन् ।
विजया दशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।
दुधको खपत बढाउन दसैं, तिहारलगायतका पर्वमा उपभोक्तालाई दुधमा छुट बिक्री गरिएको छ । दुधको खपत बढाउन जिल्लाको बगनासकाली बहुउद्देश्यीय सहकारी लिमिटेडले दसैं, तिहारजस्ता पर्वका बेला दुधको खपत बढाउन प्रतिलिटर १० रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिएको हो ।
स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैधरूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीस्थित कुलेखानी–मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदैगरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।