• ६ जेठ २०८१, आइतबार

पहिलो रानीबन गोल्ड कप हुने

blog

 राजन रावत 

हुम्ला, कात्तिक ७ गते । यही कात्तिक ११ गतेबाट जिल्ला स्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रानीबन युवा क्लवको आयोजनामा उक्त गोल्ड कप पहिलो पटक सञ्चालन हुन लागेको हो  ।

क्लवका अध्यक्ष कलबहादुर रोकायाले हालसम्म कै सर्वाधिक पुरस्कार राशीको जिल्ल स्तरीय फुटबल प्रतियोगिता आयोजना हुन लागेको बताउनुभयो । उहाँले खुल्ला प्रतियोगिता भएको कारण जिल्ला भरिका क्लव र छिमेकी जिल्लाका क्लबहरुले समेत प्रतियोगितामा सहभागीता जनाउन पाउने बताउनुभयो ।

खेल मैदानको चौढाई कम भएको कारण नाईन ए साईटका रुपमा प्रतियोगिता सञ्चालन गरिनेछ । यसका लागि प्रथम हुने टिमले एक लाख एघार हजार १११ रुपियाँ पुरस्कार पाउनेछ । यसअघि जिल्लामा सञ्चालन भएका फुटबल प्रतियोगितामा पचास हजारसम्म पुरस्कार राशी रहेको थियो ।

रानीबन गोल्ड कपलाई क्लबले बर्षेनी रुपमा सञ्चालन गर्ने जनाएको छ । प्रतियोगिताका लागि लाग्ने खर्चका लागि क्लबले प्रतियोगि क्लबबाट टिम दर्ता शुल्क र सहयोग जुटाईनेछ ।