तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो ।
कार्यसम्पादनमा अब्बल नवलपुर जिल्ला अदालत देशकै सबै भन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने अदालतका रूपमा सम्मानित भएको छ ।
नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन ६ वर्षअघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र प्लाष्टरलगायत काम अगाडि बढिरहेको छ ।
नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण सुरु गरिएको छ । नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गर्नुभएको हो ।
तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।
सीप मानिसको बाँच्न सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउनुभएको छ ।
आज एकादशी । दसैँको टीका र जमरा लगाउने क्रम आजका दिन पनि लगाइन्छ । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।
बडाको दसैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।
विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हान्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा [दमाहाबाजा] बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।
गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय
विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हन्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्ने परम्परा रहिआएको थियो ।
भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।