दुर्गा मूर्ति विर्सजनका क्रममा नेपालगन्जमा लाठी क्लबद्वारा बुधबार आयोजित लाठी खेल प्रदर्शन कार्यक्रममा लाठी प्रदर्शन गर्दै युवाहरु ।
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेकाले निर्माणको समय लम्बिंदै गएको छ ।
कालीकोटको सदरमुकाम मान्मवजार दसैंका बेला प्राय खाली हुन्छ । यसपालि पनि दसैंको नवौ दिनसम्म आकलझुकल मानिसको आउजाउ भएपनि बुधवारका दिन सुनसान छ । बजारमा सुरक्षाकर्मी बाहेक सर्वसाधारणको आवतजावत देखिदैन ।
नेपालगञ्मा दुर्गा मुर्ति विर्सजनमा सहभागी भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज –४ ले फत्तेबाल आँखा अस्पताल अगाडि निःशुल्क पानीको व्यवस्था गरेको हो ।
सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।
बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु बिसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम भइरहेको छ ।
इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् ।
दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ ।
मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो ।
फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् ।
मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।