सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो।
सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।
वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।
कैयौँ शताब्दीदेखि मानिसबीच छलफलको विषय बनेको छ– के मानव शरीर आगोको बाह्य स्रोतबिना अनायास जल्छ वा आगोको लप्काले घेरिन्छ ? विदेशी विद्वान्ले भन्ने गरेको ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ अर्थात् मानव शरीर स्वःस्फूर्त दहन हुने पहिलो ज्ञात घटना सन् १६४१ को छ तर यस्तो घटनाले इस्वी संवत्को १९ औँ शताब्दीमा त्यतिबेला व्यापक चर्चा पायो जब प्रख्यात लेखक चाल्र्स डिकेन्सले आफ्नो उपन्यास ‘ब्लिक हाउस’ मा आफ्नो पात्रलाई मार्न ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’लाई प्रयोग गरे।
विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
तिमीसँगसुख फिँजाउने ठाउँ अपुग भएपछिम कहाँ पठाएका हौ यी दुःखका बिउहरू ?कस्तो अचम्म !बियाड पनि चाहिएन यी मलाई रोप्न, हुर्काउनन पानी, न घामन मल, न गोडमेलकेही नगरीकनै झाँगिए यी मेरो आँगनमाहेर्दाहेर्दैओत, आँधीमा पर्योहोस, परिवेशले उडायोफुत्त–फुत्त !कहाँबाट आउँछन्, आउँछन्सन्त्राशका यी वाणहरूर, रातलाई चाल्नु बनाएर जान्छन्सुन्दासुन्दै बस्तीको आर्तनादशून्यतामा परिणत हुन्छ भर्खरै ओर्लिएको बिहानर, गिद्धहरूछेवैको रुखको हाँगामा बसेर गीत गाइरहेका हुन्छन्कति हेर्नु कहिल्यै छुन नसकिने त्यो आकाश ?कति सुन्नु कहिल्यै नथाक्ने यी उच्छ्वास ?महिषासुर पहरेदार भएको छ,र, सास हत्केलामा अड्किएको छरक्तनलीमा नाचिरहेछन्किसिम किसिमका किटाणुहरूदिल र दिमागमा फलामे किला ठोकिएको छके यही सत्य हो–तिमीलाई उक्लनु थियो कुनै शिखरर, मेरो हिस्साको बाटो तिमीले ओगटेका हौ ?तिमीलाई रमाउनु थियो कुनै ज्यादतीमार, मेरो ओठको मुस्कान मबाट लपेटेर लगेका हौ ?तिमीलाई बनाउनु थियो आफ्नै एउटा सुन्दर सालिकर मेरो सौन्दर्यमाथि आँखा लगाएका हौ ?म यसरीकतिन्जेल पानीमा विष छानिरहुँम यसरीकतिन्जेल धुवाँको मुस्लो बाटिरहूँभीष्मभन्दा जब्बर भएरम यसरीकतिन्जेल बरफको ओछ्यानमा सुतिरहूँभो; पुग्योतिमीसँग अब कुनै कारण सोध्नु पनि छैनतिमीले दिने विकल्प रोज्नु पनि छैनबस् ! मलाई अबयत्ति मात्रै जान्नु पर्याप्त छ–तिम्रा लागिमैले ढुङ्गा हुने दिन कहिले आउँछ ?तिम्रा लागिमैले ढुङ्गा हुने दिन कहिले आउँछ ?
गुल्मीको मालिका गाउँपालिका ७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । दसैँको समयमा यसरी पिङ जोडेर रमाउने चलन हिजोआज लोप हुँदै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते हुनुभएको छ । स्कुटर पछाडि बस्ने उहाँको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ ।
ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।
यो वर्षको नवरात्र महापर्व असोज महिनाको २८ गते घटस्थापना गरेर सुरु हुन्छ । यो अवधिमा नारी शक्तिको पूजा गरिन्छ । नारी शक्तिको नौ दिनसम्म पूजा गरेको प्रसाद र आशीर्वाद ग्रहण गर्दै नवरात्र कात्तिक ७ गते विजय दशमीका दिन समापन हुन्छ ।
गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र।०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।