राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ ।
वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशनको निर्वाचन कात्तिक १७ गते हुनेभएको छ ।
बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो ।
चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।
यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मुल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ ।
तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिकाले प्रथम मुसिकोट मेयर कपको आयोजना गर्नेभएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिले प्रथम मुसिकोट मेयर कप अन्तर्गत अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा यही कात्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पूरा भएको हो ।
पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल तालवाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जगपूजा गर्नुभएको हो । तस्बिर : ऋषिराम बराल, रासस
नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् ।
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।