गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १० गते । दसैँ मनाउन गाउँ गएकाहरु कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेपछि चहलपहल बढ्न थालेको छ । नेपालीको महान् चाड बडादसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु धमाधम फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको हो । काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरको नाकामा सवारी साधनको लामो लाम सुरु भएको छ । दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसानजस्तै भए पनि बिस्तारै गाउँ गएकाहरु उपत्यका फर्किने क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । भक्तपुर नाकाबाट काठमाडौं भित्रिने गाडीको काभ्रेको भकुण्डेबेंसीदेखि लाम रहेको फर्किने यात्रुले जनाएका छन् । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिने र हिँड्ने भएपछि सडकमा पनि व्यस्तता बढ्न थालेको छ ।
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु चार करोड बजेट पठाएको छ । कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो ।
बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री वढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने/ख्वाइने परम्परा मधेशमा रही आएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै अब नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउका साथ मैदानमा उत्रँदैछ ।
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठुलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद बिना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्नुहुन्छ ।
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उहाँको निधन भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएका छन् ।
सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।
पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ । जनश्रम दानमा ट्याङ्की बनाएको ४ वर्ष बितिसक्दा पनि पाइप नहुँदा ट्यांङकीमा पानी खसाल्न पाएका छैनन् । गाउँको दलितवस्तीमा खानेपानीको हाहाकार छ ।
खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।
पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।