काठमाडौं, कात्तिक १० गते । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उहाँको निधन भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएका छन् । बिहीबार राति १२ बजेर १० मिनेटमा उहाँको हृदयाघातका कारण मृत्यु भएको टिभीले जनाएको छ ।
६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । उहाँ राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता हुन् ।