सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।
बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु बिसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम भइरहेको छ ।
इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् ।
दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ ।
मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो ।
फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् ।
मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।
सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
बाँकेमा वर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा संकटमा परेको छ ।
भक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् ।
मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अघिल्ला पुस्ताको दैनिक जीवनलाई सहज बनाउने घरेलु मेसिन कोल लोप भएको छ । दुई तीन दशकअघिसम्म यहाँका मानिसहरूको दैनिक जीवनमा प्रयोगमा आउने तोरी पेल्ने घरेलु मेसिन कोल्ह लोप भएको हो ।