• २२ असार २०८१, शनिबार

मूर्ति विसर्जनमा सहभागी भक्तजनलाई निःशुल्क पानी

blog

फाउण्डेशनले भक्तजनका लागि निःशुल्क वितरण गर्नका लागि राखेको पानी । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक ८ गते । नेपालगञ्मा दुर्गा मूर्ति विर्सजनमा सहभागी भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज –४ ले फत्तेबाल आँखा अस्पताल अगाडि निःशुल्क पानीको व्यवस्था गरेको हो ।  

सामाजिक मानवीयतासँगै भक्तजनलाई खानेपानीको सहजताका लागि आज बिहानदेखि स्वच्छ पिउने जल वितरण गरिएको फाउण्डेशनका संस्थापक उपाध्यक्ष करन शाहुले बताउनुभयो । उहाँका अनुसार यस फउण्डेशनका सबै पदाधिकारी तथा स्वयंसेवक पानी वितरण काममा खटिएका छन् । 

छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवीयतासँग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दैआएको फाउण्डेशनका संरक्षक प्रदीप शाहले बताउनुभयो । उहाँका अनुसार यो फाउण्डेसनद्वारा गरिब असहाय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गर्ने योजना छ ।

विगत वर्षजस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति दसैंको भोलिपल्ट अर्थात आज बुधवार विर्सजन गर्न जाने भक्तजन नागरिकलाई निःशुल्क खानेपानी वितरण गरिरहेको छ ।

नेपालगञ्ज नगरका सम्पूर्ण मूर्तिलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्रालीलगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्डबाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाइने गरिन्छ ।