• २१ असार २०८१, शुक्रबार

आज एकादशी: दसैँको टीका लगाइँदै

blog

काठमाडौँ, कात्तिक ८ गते । आज एकादशी । दसैँको टीका र जमरा लगाउने क्रम आजका दिन पनि लगाइन्छ । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्य रूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।