• ३० वैशाख २०८२, मङ्गलबार

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु , चार घाइते

blog

दुर्घटनामा परेको बोलेरो । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, कात्तिक ७ गते । दोलखाको  बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

वडा नम्बर १ लामा बगरको जगातबाट देउलाङतर्फ जाँदै गरेको वा १४ च ९३३४ नम्बरको बोलेरो राइबेटारमा दुर्घटना हुँदा स्थानीय २० वर्षीया बालमाई तामाङ र १८ वर्षींया चिनीमाया तामाङको मृत्यु भएको वडाध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी चालक एकराज तामाङसहित चार जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी गए राति नै उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।

सडक टर्निङमा स्टेरिङ नकाटिएपछि करिब ६० मिटर तल सडकमा बोलेरो पुगेको वडाध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।