• ६ माघ २०८१, आइतबार

गृह सचिवद्वारा छिन्नमस्तामा पूजाअर्चना

blog

शक्तिपिठ छिन्नमस्ता भगवतीको पूजाअर्चना गर्नुहुदैं गृहसचिव दिनेश भट्टराई । तस्विर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) कात्तिक ६ गते । नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

सोमवार अनुगमनको क्रममा सप्तरी जिल्लास्थित जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायहरू समेत पुग्नुभएका सचिव भट्टराई दसैं महानवमीको अवसरमा छिन्नमस्ता माताको मन्दिरमा समेत विशेष पूजापाठ गर्नुभएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

पूजाअर्चना पश्चात छिन्नमस्ता मन्दिर प्राङगणमा रहेका ईलाका प्रहरी कार्यालय सखडाको अवलोकन गर्नुहुदै ख वर्गको उक्त चौकीलाई क वर्गमा उस्तरोनति गर्न सरकारलाई सिफारिस गर्ने सचिव भट्टराईले पिठाधिष महाकान्त ठाकुरलाई आश्वासन दिनुभयो ।