कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आज (बुधबार)देखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो ।
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् ।
बाँकेमा अहिलेसम्मकै ठुलो राशिको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटले आयोजना गरेको वन डँढेलो सप्ताह अन्तर्गत सदरमुकाम चरीकोटको सातदोबाटोमा सचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ ।
म्याद गुज्रेको सामग्री उपभोक्तालाई किनवेच गर्नु वा कुनै पनि बहानामा उपभोक्ता ठग्नु दण्डनीय अपराध हो भन्ने उद्देश्यसहितको सचेतना कार्यक्रम गर्दै सप्तरीमा विश्व उपभोक्ता अधिकार दिवस – २०७९ मनाइएको छ ।
बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईँले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका उहाँ तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित हुनुभएको हो ।
जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका मङ्गलबार संसदबाटै निष्कासन गरिएको हो ।
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले शैक्षिक सुधारका लागि प्रादेशिक शिक्षा ऐनदेखि साक्षर प्रदेश घोषणासहित १६ बुँद भावी कार्य योजना ल्याएको छ ।
हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरू उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ ।
दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।
वनमा पस्ने बित्तिकै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ । रङ्गीबिरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन् ।
गुल्मीको मालिका गाउँपालिकाले पालिकाको लोगो (प्रतीक चिह्न) उत्कृष्ट बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ ।
सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।