• ११ मंसिर २०८१, मङ्गलबार

धर्ममा उच्च, व्यवहारमा विभेद

blog

हिन्दुको महान् पर्व विजयादशमी शक्ति स्वरूपा नवदुर्गा भवानीको धुमधामले पूजा गरी मनाइँदै छ । अर्को ठुलो पर्व दीपावलीमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । हिन्दु धर्मावलम्बीले मनाउने प्रायः चाडपर्वमा नारीलाई ज्ञान, विवेक, धन सम्पत्ति, सौभाग्य तथा शक्ति प्राप्तिको कामना गर्दै पुज्ने गर्छन् । सृष्टि, पालन र संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वरले पनि आफ्नो सौर्य र शक्तिको प्राप्तिका लागि देवीकै आराधना गरेको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ । ‘जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’ भन्ने उक्ति हिन्दु दर्शनमा भेटिन्छ । त्यही दर्शन, धर्म र संस्कृतिको पृष्ठभूमिमा आधारित रहेर चलाइएका हाम्रा रीतिरिवाज र परम्परा समग्र नारीलाई गर्ने व्यवहारमा निकै फरक छन् । धर्मलाई आड बनाएर वा धर्म संस्कृतिको गलत अनुसरण गरेर नेपालमा महिलामाथि विभिन्न धार्मिक, सांस्कृतिक विभेद र हिंसा गरिएको छ । 

हिन्दु धर्ममा महिलाले रजश्वला हुँदा छुवाछुत नगरी छुट्टै बस्नुपर्ने, विवाहित महिलाले बिहान उठेपछि श्रीमान् तथा अन्य मान्यजनको दर्शन नगरी अन्य काम धन्दा गर्न नहुने, श्रीमान्को खुट्टाको जल नखाई अन्न ग्रहण गर्न नहुने, मन्दिरमा पुजारी भएर बस्न नहुने, वेद पढ्न तथा शङ्ख बजाउन नहुने, दाजुभाइसरह आमाबाबुको काजकिरिया गर्न नहुने, मलामी जान नहुने, विधवाले शुभकार्यको प्रारम्भ गर्न नहुने जस्ता गलत परम्परा अहिले पनि यदाकदा भेटिन्छन् । धर्म, संस्कृति तथा प्रचलनको नाउँमा अझै पनि महिलाले सामाजिक अपमान तथा धार्मिक हिंसा भोग्नु परेको छ । धर्मको नाममा चलाइएका परम्पराबाट महिला प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पीडित हुनु परेको छ । त्यसो त हिन्दु धर्ममा महिलालाई उच्च स्थानमा राखेको छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता खुसी हुन्छन् भनेर हिन्दु धर्मले महिलालाई उच्च सम्मानको दृष्टिले हेरेको हाम्रो जस्तो समावेशी र समानतामा आधारित वैदिक परम्परालाई व्यवहारमा भने गलत तरिकाले अवलम्बन गरिएको पाइन्छ । महिलाको सम्मान गरेर राखिएका व्यवस्था व्यवहारमा कार्यान्वयन भएका छैनन् । 

संस्कृतिविद्हरूका अनुसार यस्ता परम्परा झट्ट हेर्दा सामान्य लागे पनि यसको पालना गर्दा महिलाले धेरै प्रकारका असमान तथा विभेद सहनु परेको छ । परम्पराको नाउँमा महिलामाथि लादिएका अन्धविश्वास र विभेदपूर्ण व्यवहारले नै महिला पछि परेका हुन् । महिलालाई पछि पार्ने दृष्टिले गरिएका भेदभावपूर्ण व्यवहारलाई भने धर्म वा परम्पराको नाउँमा निरन्तरता दिइएको छ । जसले गर्दा एकातिर परम्परा पालना गर्दा महिलाले आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ भने अर्कोतिर परम्परा पालना नगर्ने हो भने महिलाले अनेकथरीका लाञ्छना सहेर समाजबाट अपहेलित र अपमानित हुनु परेको छ । हालै एक गैरसरकारी संस्थाले गरेको अध्ययनले कतिपय परम्पराले महिलालाई प्रत्यक्ष रूपमा फाइदा हुने देखिए पनि अप्रत्यक्ष रूपमा बेफाइदा पु¥याएको घटना पनि उत्तिकै आउने गरेको तथा धर्म, संस्कृति र परम्पराको नाउँमा भएका दुव्र्यवहार तथा असमान व्यवहारको तीव्र विरोध गरिए पनि त्यसको न्यूनीकरणमा सरकारले त्यति ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ । धार्मिक प्रचलनकै आधारमा भएका दुव्र्यवहारका घटनाविरुद्ध आवाज उठाएर न्यायका लागि आउने प्रवृत्ति पनि बनिनसकेको अधिकारकर्मीहरूको तर्क छ । धर्म र प्रचलनको नाममा दुव्र्यवहार बढे पनि पीडितले त्यसविरुद्ध आवाज उठाएर न्यायको प्रव्रिmयासम्म पनि पुग्दैनन् । महिलाले धर्म, संस्कृति तथा परम्पराका नाउँमा भएका असमान व्यवहार सहेर बस्ने तर त्यसविरुद्ध न्यायका लागि अदालत तथा प्रशासनिक निकायमा कमै मात्रामा जाने गर्छन् । धर्म, संस्कार, परम्पराका नाउँमा हुने अन्धविश्वास, कुरीति र कुप्रथाको विरुद्धमा आवाज बुलन्द पार्दै यस्ता अमानजनक र दुव्र्यवहारपूर्ण प्रथा र प्रचलनको विरुद्धमा स्पष्ट कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा महिला अधिकारवादीले जोड दिँदै आएका छन् । 

हाम्रो समाजमा अझै छाउपडी, देउकी, कुमारी आदि प्रथा प्रचलनमा छन् । जसबाट महिलामाथि प्रत्यक्ष वा परोक्ष रूपमा शोषण, अन्याय हुने गरेको छ । धर्म तथा संस्कृतिको नाममा चलाइएका प्रथाले महिलाको मानव अधिकार तथा मौलिक हकको स्वतन्त्रतापूर्वक प्रयोगमा बाधा उत्पन्न गरेको छ । प्रथा र परम्पराको नाउँमा महिलाविरुद्ध भेदभाव भएकाले त्यसबाट पीडितको मनभित्र द्वन्द्व सिर्जना गर्ने र त्यसबाट थप समस्या निम्तिने हुँदा पारिवारिक वातावरण अशान्त हुन सक्छ । धर्म, संस्कृति, परम्परा तथा प्रथाको नाममा हुने व्यवहारबाट पनि आन्तरिक द्वन्द्व उत्पन्न हुने तर त्यसको निराकरणका लागि विद्रोह पनि गर्न नसकिने हुँदा धर्मको आधारमा हुने हिंसाको परिणाम नराम्रो हुन्छ । धार्मिक आस्था र मान्यतामा महिलालाई जोडेर भएका प्रचलनले परोक्ष वा अपरोक्ष रूपमा उनीहरूभित्र द्वन्द्व सिर्जना गरेको हुन्छ । 

नेपालका संस्कृति तथा परम्परा अनुसार महिलाले मात्र पालना गर्नुपर्ने केही त्यस्ता कठोर आचरण, व्यवहार र सामाजिक बन्धनले महिलामाथि मानसिक तथा शारीरिक हिंसालाई बढाउन मद्दत गरेको छ । धर्मले महिलालाई कुनै असमानता, विभेद, अपमान नगरे पनि धर्मसँग जोडेर हेरिने प्रथा, परम्परा र संस्कारको नाममा भएका व्यवहार भने विभेदपूर्ण देखिन्छन् । प्रथा, परम्परा र संस्कार विभिन्न जातजाति, समुदाय वा सम्प्रदायमा फरक फरक हुने गर्दछन् । अन्धविश्वासका कारणले महिलालाई शारीरिक वा मानसिक दुर्लभता र अशक्तता देख्ने, श्रम विभाजनमा जिम्मेवारीपूर्ण काम नदिने, होच्याउने र हेयको दृष्टिले हेर्ने जस्ता व्रिmयाकलापले महिलामाथि दुव्र्यवहार हुने गरेका छन् । 

सर्वोच्च अदालतबाट प्रकाशित बुलेटिनहरूका अनुसार कतिपय समुदायमा महिलाको हकमा मात्र लागु हुने गरी बनाइएका प्रथा वा रीतिथितिले उनीहरूमाथि सामाजिक दुव्र्यवहार भएको विश्लेषण गर्न सकिन्छ । महिलाको हकमा मात्र पालना गर्नुपर्ने गरी व्यवस्था गरिएका छाउपडी, देउकी, झुमा प्रथाले महिलालाई विभेद गरेका छन् । कुमारी प्रथाले महिलालाई सम्मानको दृष्टिले हेरेको छ तर अरू प्रथाले महिलालाई होच्याउने, स्वभिमानमा ठेस पु¥याउने तथा हिंसा र दुव्र्यवहारजन्य व्रिmयाकलाप हुने गरेको विश्लेषण गरिएको छ । यी प्रथामा अन्धविश्वास र रूढिवादीजन्य प्रवृत्ति व्याप्त भएकाले यसले महिलालाई अपमान गरेको छ । यस्ता प्रथालाई धर्मको खोल ओढेर संरक्षण दिइने गरेको पाइन्छ । धर्मको डर, त्रासका कारण यस्ता नकारात्मक प्रथा र प्रचलनले निरन्तरता पाइराखेका छन् । यसबाट महिला बढी अपमानित र प्रताडित हुनु परेको छ । छाउपडी प्रथा महिलाको मानवीय संवेदनशीलता नै बिर्सेर छुद्र र तल्लो स्तरको व्यवहार प्रदर्शन गरिने भएकाले यो महिलामाथिको घोर अपमानजनक र हिंसात्मक व्यवहार हो । देउकी प्रथाले पनि महिलालाई उपभोग्य वस्तुका रूपमा चित्रण गर्न खोजिएको र नारीको आत्मसम्मानमा आघात पु¥याउने भएकाले यो प्रथा अपमानजनक र अन्यायपूर्ण छ । प्रथा वा प्रचलन धार्मिक तथा सम्प्रदायको आस्थाका आधारमा सामाजिक सुव्यवस्था कायम गर्न राम्रो दृष्टिकोण र मान्यताका आधारमा यस्ता प्रथा प्रचलनमा ल्याइएको देखिन्छ । यसको मुख्य उद्देश्य समाजमा अनुशासन कायम गराउनु हो । 

हालसम्म बनाइएका संविधान, कानुन, नीति तथा योजनामा महिलाको आर्थिक, सामाजिक उत्थानका लागि विभिन्न व्यवस्था गरिएको छ । संविधानले महिलाको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरेको छ । चालु योजनाले महिलाको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैङ्गिक भेदभाव हटाई समानता प्रदान गर्ने, राजनीतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यमा महिलाको सशक्तीकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिएको छ तर पनि यसबाट खासै प्रगति भएको देखिँदैन । महिला र पुरुषबिच समानता कायम गर्न, पिछडिएका महिलाको उत्थानका लागि विशेष कानुन बनाई अगाडि बढाउने भनिए पनि महिलाको उत्थानका लागि विशेष किसिमको कानुन बनाएर कार्यान्वयन गरिएका छैनन् । जसरी महिलालाई प्रकृतिले शारीरिक रूपमा अतिरिक्त जिम्मेवारी दिएको छ, त्यसै गरी कानुनले पनि संरक्षण दिन नसकी कमजोर बनाएको छ । 

महिला स्वभावतः सहनशील र दयालु हुन्छन् । उनीहरूले आफूविरुद्धका अन्यान्यपूर्ण व्रिmयाकलाप सहजै बाहिर ल्याउन सक्दैनन् र कतिपय अवस्थामा चाहँदैनन् । यसैले झट्ट हेर्दा विभेद गरेको नदेखिए पनि ती सामाजिक नियमहरू पालना गर्दा धेरै कठिनाइ सहन गर्नु परेको छ । बहुसङ्ख्यक समाज पितृसत्तात्मक र विभिन्न सम्प्रदायमा विभाजन भएको कारणले पनि आ–आफ्नै चलन तथा रीतिथिति छन् । कतिपय प्रथा रूढिवादी र अन्धविश्वासमा पनि चलेका छन् । त्यसैले महिला हेपिनु र दबिनु परेको छ । सामाजिक मान्यता र प्रचलनका विरुद्धमा न्यायिक उपचार खोज्ने प्रावधान र प्रचलन पनि छैन । त्यसैले पनि कतिपय व्यवस्थाले निरन्तता पाइराखेका छन् । यस्ता विकृति, विसङ्गति हटाउन जनचेतना, शैक्षिक स्तरमा विस्तार र सुधार तथा महिला सशक्तीकरण जस्ता कार्यव्रmमको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । प्रभावित र पीडित वर्गले पनि सामूहिक र सङ्गठित रूपमा अन्यायपूर्ण व्यवहारको विरोध गर्नु पर्छ र न्यायिक उपचार खोज्नु पर्छ । त्यस्ता असमानपूर्ण व्यवहार कानुनबमोजिम दण्डनीय भएकाले राज्यले पनि सामाजिक विभेद अन्त्यका लागि आवश्यक नीति योजना तथा कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।