विश्व समाज सूचना र समाचारको प्रभावमा छ । सूचना नै शक्तिका रूपमा देखिएको छ । महत्वपूर्ण सूचना आमनागरिकमा समाचारका रूपमा सम्पादन भई प्रस्तुत भएका छन् । सूचनालाई राम्रो सम्पादन गरी समाचारका रूपमा प्रस्तुत हुँदा नागरिकले सुसूचित र जागरुक हुने अवसर प्राप्त गर्छन् । सूचनालाई प्रभावकारी समाचारका रूपमा प्रकाशन र प्रसारण गरी समसामयिक र वास्तविकता प्रवाह गर्नु सञ्चार माध्यमको दायित्व हो ।
सनातन धर्मावलम्बीहरूले एक वर्षमा पर्ने चार वटा दसैँमध्ये दुई वटा मनाउने गरेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन शारदीय दसैँ मनाइन्छ । चैत्र शुक्लमा गरिने अनुष्ठानलाई वासन्तिक उपासना (चैतेदसैँ) भनिन्छ । शारदीय दसैँलाई यसरी वर्गीकरण गर्न सकिन्छ – घटस्थापनादेखि सप्तमीसम्म, सप्तमीदेखि नवमीसम्म र दशमीदेखि पूर्णिमासम्म । स्त्रीशक्ति, मातृशक्तिको पूजन उपासना गर्ने चाड हो दसैँ । वेद, उपनिषद्, रामायण, महाभारत र विभिन्न पु
नेपालमा यस वर्ष गत जेठ ३१ मा प्रवेश गरेको मनसुन असोज २८ मा पूर्ण रूपमा बाहिरिएको छ । यस वर्ष वर्षा औसतभन्दा कम भएको छ । कमजोर मनसुनका कारण वर्षामा कमी आएको छ भने यसले रोपाइँमा समस्या उत्पन्न भएको थियो तर कमजोर मनसुनको बिच पनि देशको विभिन्न भागमा आएको भीषण वर्षाले बाढी पहिरो आएर जनजीवन आक्रान्त बन्यो । विशेष गरी पहाडी तथा हिमाली भेक यस वर्ष बाढी पहिरोको मारमा परेको छ भने प्रायः डुबानमा पर्ने तराईको समथर मैदान मनसुनकालको पछि
उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि ।
धरान उपमहानगरपालिका ५ अंधेरीखोलामा निर्मित आंपटार र ठिंगाबारी जोड्ने दुईसय ३३ मिटर लामो झोलुङ्गे पुलको आज उदघाटन भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते हुनुभएको छ । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि रोक्का राखेको जग्गा खुलेको छ । कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
थारु भाषाका संस्कृतिकर्मी तथा साहित्यकार बेझलाल चौधरीद्वारा लिखित गीतिसंग्रह ‘पच्रा’ को बिमोचन गरिएको छ । थारु भाषाको साप्ताहिक पत्रिका लौवा अग्रासनले साहित्यकार समेत रहनुभएका चौधरीको दसैंका अवसरमा गाइने गीतमा आधारित गीतिसंग्रह प्रकाशन गरेको हो ।
बिजयादशमीलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सरायनाच प्रदर्शन गर्नेभएको छ ।
हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाँकेको संवेदनशील क्षेत्र मानिने नरैनापुरमा इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना लागुगरेको छ ।
बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।
सप्तरी सांस्कृतिक पर्यटन कृषि तथा व्यापारिक महोत्सव राजविराज आयोजना हुनेभएको छ । कात्तिक ११ देखि २६ गतेसम्म आयोजना हुने मेलामा ३० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रम राख्नुभएको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।