ललिता साह
वोदेवर्साइन (सप्तरी), कात्तिक ३ गते। सप्तरी सांस्कृतिक पर्यटन कृषि तथा व्यापारिक महोत्सव राजविराज आयोजना हुनेभएको छ । कात्तिक ११ देखि २६ गतेसम्म आयोजना हुने मेलामा ३० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
प्रतिस्टल १५ देखि २० हजार रुपियाका दररेट राखि स्टलहरु खुल्ला गरिएको आयोजकको भनाइ छ। सप्तरी युथ, नगरपालिका, उद्योग वाणिज्य संघको संयोजनमा हुने मेलामा स्थानीय परिकार, कृषि, सांस्कृति कार्यक्रम हुने सप्तरी युथका उपाध्यक्ष मोहन यादवले बताउनुभयो ।
१५ दिनसम्म चल्ने उक्त मेलाको एक लाख दर्शकले अवलोकन गर्ने आयोजक समितिको लक्ष्य रहेको समितिको अध्यक्ष सचेन्द्र यादवले बताउनुभयो ।